भोजपुरमा स्थानीय पुनःसंरचनाका लागि सुझाव सङ्कलन हुदै

download (6) १५ भदौ, भोजपुर । भोजपुरमा स्थानीय पुनःसंरचनासम्बन्धी सुझाव सङ्कलन गर्न थालेका छन् । जिल्लामा पुनःसंरचनासम्बन्धी धेरै विवाद आउन थो पछि सुझाव सङ्कलन गर्न थालेका हुन् ।

जिल्लाको पश्चिमी गाविस लेखर्कमा खावा, कोट, गोगने र लेखर्कका सरोकारवालाले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी सुझाव सङ्कलन गर्न थालेका छन् ।

सूर्यप्रसाद नेपालको अध्यक्षतामा एक समितिको गठन गरी मङ्गलबारदेखि सुझाव सङ्कलन गर्न थालेका हुन् । सुझाव सङ्कलन कार्यक्रममा चार गाविसको केन्द्र हुनेगरी गाउँपालिका निर्धारण गर्नुपर्ने र त्यसो नभए सम्बन्धित निकायमा गएर आन्दोलन गर्ने त्यहाँका स्थानीयवासीले निर्णय गरेको लेखर्कका प्रकाश दङ्गालले जानकारी दिनुभयो ।

पुनःसंरचना प्राविधिक समितिले अन्नपूर्ण गाउँपालिका नामाकरण गरी तिम्मा, कोट, गोगने, लेखर्क, खावा, नागी, अन्नपूर्ण र छिनामखु गाविसलाई एउटै गाउँपालिका बनाउने प्रस्ताव गरेकामा त्यसप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । त्यहाँका स्थानीयवासीले कोट, खावा, लेखर्क र गोगनेलाई एउटा गाउँपालिका बनाउन मागसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

जेनजी आन्दोलन : २३ अर्ब ३९ करोड बराबरको बिमा दाबी

काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण