August 30, 2016

नेपाली विद्यार्थीले वनाए पानीमाथि कुद्ने साइकल

१४ भदौ, मोरङ । नेपाली विद्यार्थीले पानीमा कुद्ने सार्इकल बनाएका छन् । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो ।

बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने उनीहरूको दाबी छ । सो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन् ।

सो क्याम्पसका क्याम्पस प्रमुख डा शुभाष पोखरेलका अनुसार सरकारले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न चासो नदेखाउँदा समस्या भएको छ । उनले भने , “हामीले दक्ष जनशक्ति तयार गरिराखेका छौँ सरकारले लगानी गर्न चासो देखाएको छैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता