August 28, 2016

अर्घाखाँचीमा जीप दुर्घटना ९ जना भन्दा वढिकाे मृत्यू

images (11)१२, अर्घाखाँची । १२ जाना यात्रु वोकेर हिडेको यात्रुबाहक जीप आइतबार दिउँसो दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको पाईएको छ । सदरमुकाम सन्धिखर्कबाट १२ जना यात्रु लिएर प्युठानको बादीकोटका लागि हिँडेको ग१ज ४८७८ नम्बरको जीप दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको स्थानीयबासीले बताएका हुन् ।

जीप सडकबाट करिब सात सय मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो । यो जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेको देउराली यातायात व्यवसायी समितीले जानकारी दिएको छ । सवा १ बजे सन्धिखर्कवाट व्युठानको बादीकोटका लागि छुटेको जीप करिब ३स्१५ बजे दुर्घटनामा परेको हो ।

हंसपुर–५ स्थित सडकबाट खसेको जीप हंसपुर–९ मा पुग्दा घटनास्थलमै धेरैको हताहती भएपनि मृतकको संख्या एकिन भइनसकेको स्थानीयबासी इन्द्र रेग्मीले जानकारी दिए । दुर्घटनास्थल नजिकै ठूलो भीर भएकाले उद्धारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने यसको पुष्टि गरेको छैन । जीप दुर्घटनामा परेको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट एक प्रहरी टोली घटनास्थलतर्फ लागिसकेको छ ।

‘धेरैजनाको मृत्यु भएको छ । हामी शवहरु बटुलिरहेका छौं’, रेग्मीले भने, ‘शवहरु यत्रतत्र छरिएकाले मृतकहरुको संख्या गणना भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको