१२, अर्घाखाँची । १२ जाना यात्रु वोकेर हिडेको यात्रुबाहक जीप आइतबार दिउँसो दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको पाईएको छ । सदरमुकाम सन्धिखर्कबाट १२ जना यात्रु लिएर प्युठानको बादीकोटका लागि हिँडेको ग१ज ४८७८ नम्बरको जीप दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको स्थानीयबासीले बताएका हुन् ।
जीप सडकबाट करिब सात सय मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो । यो जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेको देउराली यातायात व्यवसायी समितीले जानकारी दिएको छ । सवा १ बजे सन्धिखर्कवाट व्युठानको बादीकोटका लागि छुटेको जीप करिब ३स्१५ बजे दुर्घटनामा परेको हो ।
हंसपुर–५ स्थित सडकबाट खसेको जीप हंसपुर–९ मा पुग्दा घटनास्थलमै धेरैको हताहती भएपनि मृतकको संख्या एकिन भइनसकेको स्थानीयबासी इन्द्र रेग्मीले जानकारी दिए । दुर्घटनास्थल नजिकै ठूलो भीर भएकाले उद्धारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले भने यसको पुष्टि गरेको छैन । जीप दुर्घटनामा परेको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट एक प्रहरी टोली घटनास्थलतर्फ लागिसकेको छ ।
‘धेरैजनाको मृत्यु भएको छ । हामी शवहरु बटुलिरहेका छौं’, रेग्मीले भने, ‘शवहरु यत्रतत्र छरिएकाले मृतकहरुको संख्या गणना भइसकेको छैन ।
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका