अझै ४ वटा शवको सनाखत हुन सकेन

Bus-Accident-at-Chitwan-Tr११ भदौ ।
त्रिशुली नदीमा भएको बस दुर्घटनामा परी ज्याज गुमाण्ने मध्ये
छैन । त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको मध्ये प्रहरीले घटनास्थलमा भेटिएका १८ शवको सनाखत
गरे पनि अझै ४ वटा शवको सनाखत भो हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्रिशुलीमा भएको बस दुर्घटनामा परेकामध्ये अझै ६ जना व्यक्ति अझै भेटिएको छैन । रौतहटका मृतकमध्ये १८ जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये १६ शवलाई रौतहट ल्याइएको प्रहरी कार्यालय रौतहटले जनाएको छ । ४ जना भारतीय सहित १२ जना रौतहटका व्यक्तिको शव परिवारजनले चितवनबाट ल्याएको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए । धार्मिक परम्परा अनुसार जिल्लाका विभिन्न स्थानहरुमा शनिबार नै १२ जनाको दाहसंस्कार गरिँदैछ ।

शुक्रवार विहान भएको वस दुर्घटनामा प्रहरीको तथ्याङ्कले चार जना बेपता भन्दा परिवारले भने ६ जना बेपता भएको दाबी गरेका छन् । भारतको बिहारका फेकु राय, राम प्रवेश रायका साथै रौतहटको मुडवलवा(२ का रामबालक जयसवाल, वडा नं ३ का रविरञ्जन यादव र वडा नं ८ का मुकेश रामको अझै पत्तो नलागेको परिवारजनका सदस्यले बताएका छन् ।

यात्रु र चालक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जनाको मृत्यु भएको थियो ।

पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरञ्जन यादव र ८ का मुकेश रामको अझै कुनै पत्तो लागेको छैन । मुडवलवाकै ३ जना अझै बेपता रहेकाले उनीहरुको खोजी कार्यका लागि परिवारजनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना