अझै ४ वटा शवको सनाखत हुन सकेन

Bus-Accident-at-Chitwan-Tr११ भदौ ।
त्रिशुली नदीमा भएको बस दुर्घटनामा परी ज्याज गुमाण्ने मध्ये
छैन । त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको मध्ये प्रहरीले घटनास्थलमा भेटिएका १८ शवको सनाखत
गरे पनि अझै ४ वटा शवको सनाखत भो हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्रिशुलीमा भएको बस दुर्घटनामा परेकामध्ये अझै ६ जना व्यक्ति अझै भेटिएको छैन । रौतहटका मृतकमध्ये १८ जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये १६ शवलाई रौतहट ल्याइएको प्रहरी कार्यालय रौतहटले जनाएको छ । ४ जना भारतीय सहित १२ जना रौतहटका व्यक्तिको शव परिवारजनले चितवनबाट ल्याएको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए । धार्मिक परम्परा अनुसार जिल्लाका विभिन्न स्थानहरुमा शनिबार नै १२ जनाको दाहसंस्कार गरिँदैछ ।

शुक्रवार विहान भएको वस दुर्घटनामा प्रहरीको तथ्याङ्कले चार जना बेपता भन्दा परिवारले भने ६ जना बेपता भएको दाबी गरेका छन् । भारतको बिहारका फेकु राय, राम प्रवेश रायका साथै रौतहटको मुडवलवा(२ का रामबालक जयसवाल, वडा नं ३ का रविरञ्जन यादव र वडा नं ८ का मुकेश रामको अझै पत्तो नलागेको परिवारजनका सदस्यले बताएका छन् ।

यात्रु र चालक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जनाको मृत्यु भएको थियो ।

पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरञ्जन यादव र ८ का मुकेश रामको अझै कुनै पत्तो लागेको छैन । मुडवलवाकै ३ जना अझै बेपता रहेकाले उनीहरुको खोजी कार्यका लागि परिवारजनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको