काठमाडौं । किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक गरिएको छ । यायोक्खा बाइस भाषी किरातहरुको साझा संस्था हो ।
शनिबार राजधानीको संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममाझ सो प्रतिमा (स्केच) सार्वजनिक गरिएको हो ।
प्रतिमाले आदिम किरात पूर्खाको झलक दिने विश्वास किरात अगुवाहरुले गरेका छन् । अगुवा ज्ञानबहादुर राईको संयोजकत्वमा गठित आठ सदस्यीय प्रतिमा स्थापना समितिले लामो समयको अध्यायन र अनुसन्धानबाट बनाएको हो ।
‘यो प्रतिमाले किरात समुदायको आदिमकालीन पहिचान र इतिहास बोकेको छ’ तुवाचुङ जयाजुङ संरक्षण समितिका अध्यक्ष चतुर्भक्त राईले भने ।
प्रतिमाको पूर्ण कद खोटाङको महादेवस्थान–२स्थित तुवाचुङ जयाजुङ डाँडामा निर्माण गरिने प्रतिमा स्थापना समितिका सचिव एवं किरात राई यायोक्खाका उपमहासचिव जनक राईले जानकारी दिए ।
कार्यक्रममा किरात राई यायोक्खा पूर्वाध्यक्ष सुमाया राईले प्रतिमा सार्वजनिकबाट किरात राईको इतिहासको उजागर भएको बताइन् ।
त्यस्तै यायोक्खाकै अर्का पूर्वाध्यक्ष कुलबहादुर राईले लामो समय लगाएर भएपछि प्रतिमाको वृत्तचित्र बनाएर किरातहरुले आप्mनो पहिचान दिन सफल भएको बताए । यसैमा सम्पूर्ण किरात भाषीहरु गोलबन्द हुनुपर्छ’ उनले भने ‘सबैजना एकजुट भएर पूर्खा र इतिहासको संरक्षण गर्नु किरात समुदायको प्रमुख कर्तव्य हो ।’
कार्यक्रमका प्रमुख अतिथि एवं किरात राई यायोक्खाका उपाध्यक्ष दीवस राईले किरात समूदायको धर्म र संस्कृतिको संरक्षणका लागि राज्यले बेवास्ता गर्दै आइरहेको बताए । संरक्षणमा सरकारले हेला गरेको छ’ उपाध्यक्ष राइले भने । राज्यले किरात धर्म र संस्कृत संरक्षणमा ठोस रुपमा बजेट छुट्याउनुपर्नेमा उनले जोड दिए । ‘अहिलेसम्म आफ्नै समुदायकै बलबुतामा धर्म, संस्कृतिको संरक्षण गर्दै आएका छौं । अब राज्यले यसमा बजेट छुट्याउनुपर्छ’ उनले भने ।
कार्यक्रममा राज्य पुनरसंरचना आयोगको ५६५ स्थानीय निकाय गठनको प्रस्तावमा किरात समुदायको कुनै पहिचान झल्कने नामाकरण नरहेको भन्दै वक्ता एवं किरात अगुवाहरुले आपत्ति जनाए । कार्यक्रममा किरात प्रतिमा अंकित टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक प्रतिमा स्केच इतिहासविद्को सल्लाहसुझाव र प्राप्त तथ्यहरुमा आधारित किरात राई प्राज्ञ परिषद्को तर्फबाट अर्जुन खालिङले गरेका हुन् ।
कार्यक्रममा शान्तिकुमारी राई, प्रमिला राई, धिराज राई, प्रविन पुमा, हरि के सम्पाङ, चन्द्रविक्रम राई, मोनिकुमार राई, जानुका राई, नारदमुनि हरतुम्छाली, शान्तिराम राईलगायतको अथितिको रुपमा उपस्थिति रहेको थियो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग