निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाण्डौँ पठाईयो

निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आएका ४ जनाको नमूना संकलन गरिएको छ, उक्त नमूना आज नै परिक्षणका लागि काठमाडौँ पठाएका छौँ, ।’ डीएसपी ओझाले भने । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि प्रहरीले डीएनए परीक्षण गर्न थालिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो । यसअघि पनि ५ जनाको नमूना परीक्षण भइसकेको छ । प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको नमुना परीक्षण गरेको थियो ।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण