चुनावचिन्हविनै नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले मिति २०७३ भाद्र ७ गतेको मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी दिएको हो । आयोगको दल दर्ता किताब अनुसार नयाँ शक्ति पार्टी, नेपालको दर्ता नं. रा. ५६ रहेको आयोगको पत्रमा उल्लेख छ । Nirbachana-e1472035165606

आयोगको २०७३ भाद्र ५ गतेको बैठकबाट निर्वाचन प्रयोजनका लागि नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिएको जनाउँदै पत्रमा उल्लेख छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरी दिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिन्ह सम्बन्धी प्रावधान बाहेक) र झण्डालाई प्रमाणित गरी दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’ आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने स्वीकृत भएको छैन । ‘हाललाई आयोगले चुनाव चिन्हसम्बन्धी प्रावधान स्थगित गरी दल दर्ता गरेको छ’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘आयोगले निर्वाचन चिन्हको बारेमा पछि निर्णय गर्ने जनाएको छ’ गत असार २६ गते नयाँ शक्ति, पार्टी नेपालले संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगी राजनीतिक दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत