एउटै इजलासमा १ सय ३८ थान मुद्दा सुनुवाइका लागि पेस

काठमाडौं, बैशाख २ः एउटै इजलासमा १ सय ३८ थान मुद्दा सुनुवाइका लागि पेस भएको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गत सोमबार न्यायालयका इतिहासमा नै पहिलोपटक सर्वोच्च अदालतमा यति धेरै मुद्दा सुनुवाइका लागि पेस भएको हो ।न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा सुनुवाइका लागि १ सय ३८ थान मुद्दा पेस भएका हुन् । सो इजलासमा क्रम संख्याका रूपमा क देखि ज्ञ सम्म, अ देखि अः सम्म, क १ देखि ङ १ सम्म, १ देखि २५ सम्म र लगाउको समेत गरी १ सय ३८ थान मुद्दा पेस गरिएको थियो ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार वरिष्ठ अधिवक्ता श्रीप्रसाद पण्डितले एउटा इजलासमा यति धेरै संख्यामा पेसी तोकिनु न्यायिक इतिहासमा नै पहिलो भएको बताए । उनले भने– ‘मैले बुझेसम्म एउटा इजलासमा यति धेरै संख्यामा सुनुवाइका लागि मुद्दा तोकिएको छैन । केही दिनअघि पनि एउटै इजलासमा सामान्यभन्दा धेरै मुद्दा तोकिएको थियो, तर यति धेरै भने होइन ।’ सो दिन उक्त इजलासमा एउटा मुद्दा पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्चका एक कर्मचारीले प्राविधिक कारणले कुनै पनि मुद्दा सुनुवाइ हुन नसकेको बताए ।साप्ताहिक कजलिस्ट बनाउँदा न्यायाधीशको संख्या हेरेर बनाइने आफ्नो अनुभव सुनाउँदै पूर्वरजिस्ट्रार तथा वरिष्ठ अधिवक्ता पण्डितले कुनै न्यायाधीश सम्बन्धित दिनमा अचानक अनुपस्थित हुँदा कहिलेकाहीं एउटै इजलासमा धेरै मुद्दा गाभ्नुपर्दा यस्तो हुनसक्ने उल्लेख गरे ।

हाल सर्वोच्चमा मुद्दाको संख्या घट्नुको साटो बढ्दै गएकाले पनि इजलासमा धेरै मुद्दा सुनुवाइका लागि पेस गर्नुपर्ने अवस्था आउन सक्ने अवस्था रहेको छ । हाल सर्वोच्चमा झन्डै २८ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका उल्लेख गरिएको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)