February 28, 2017

इन्डिभिजिअल केयर युनिट (आइसीयु) को निर्माण गराउनेछौँ एमानसिंह राना, अध्यक्ष पदका उम्मेदवार: पाटन संयुक्त क्याम्पस

15 Rana Aman Singhदेशभरमा फागुन १४ गते नै निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो । तर, १८ गते नै सम्पन्न गरिन लागिएको छ । पाटन संयुक्त क्याम्पसको सन्दर्भमा भन्नुपर्दा यो ललितपुर जिल्लाको सबैभन्दा उत्कृष्ट क्याम्पस हो । २०६५ सालमा स्ववियु निर्वाचन भएपनि आठवर्ष पछि मात्रै अहिले बल्ल तल्ल निर्वाचन हुन लागेको छ । यहि बीचमा पाटन संयुक्त क्याम्पसमा थुप्रै स्ववियुका सभापतिहरु निर्वाचित भए । तर कुनैपनि परिवर्तन भएनन् । पाटन संयुक्त क्याम्पसमा अहिले तीनवटा फ्याकल्टीमा पढाई हुने गरेको छ । विज्ञान, मानविकी र व्यवस्थापनमा पढाई हुने यो क्याम्पसमा स्नातकोत्तर तहसम्म पढाई हुने आठवटा विषय छन् भने नेपाल भाषाको केन्द्रीय क्याम्पस नै छ ।

यसरी विद्यार्थीहरुको चापको हिसावले पनि पाटन संयुक्त क्याम्पस अघि नै छ । एमएससी फिजिक्स र बीएससी सिएसआइटी पनि छ । पछिल्लो चरणमा हामीले बीबीए पनि ल्यायौं । यी सबै कारणले पनि पाटन संयुक्त क्याम्पसलाई नमुना कयाम्पस बनाउन अखिल क्रान्तिकारीको आफ्नै एजेण्डा रहेको छ ।
स्ववियु विद्यार्थीहरुको साझा मोर्चा हो अर्थात संघर्षको बैद्यानिक थलो पनि हो । त्यही कारण पनि हिजोका दिनमा विद्यार्थीका थुप्रै समस्याहरुपनि थिए । त्यसैकारण हामीले पटक पटक हाम्रा एजेण्डाहरु स्थापित गर्नका निमित्त आन्दोलन गरेका थियौँ । प्रशासनसँग पटक पटक वार्ताहरु पनि गरिए ।
हामीले स्ववियुमा नेतृत्व गरेपछि दुई किसिमले काम गर्नेछौँ । एक प्राज्ञिक विषयलाई बढि फोकस गर्नेछौँ । दोस्रो भर्नाका झण्झटिलो अवस्थालाई अन्त गर्नेछौँ । अहिले भर्ना भएका विद्यार्थीले सामान्य परिचयपत्र बनाउनकै लागि सहायक क्याम्पस चिफलाई हस्ताक्षर गराउनकै निमित्त कुर्नुपर्ने अवस्था छ । कहिले कर्मचारी नआएर सममस्या रहन्छ । विद्यार्थी पासआउट भएपछि पनि प्रमाणपत्र लिन सक्दैन ।

यसरी प्रशासनिक सुधारको पनि खाँचो रहेको छ । यहाँको मिनी लाइब्रेरीको प्रयोग गरिएको छैन । पठन पाठनका निमित्त पाठ्यपुस्तकको अभाव छ । अहिले समयअनुकुल मल्टिमिडियाका माध्यामले पढाई हुन जरुरी छ । यसरी हामीले कसरी हुन्छ विद्यार्थीहरुको पहुँच सहज बनाउने अभियानमा लागेका छौँ । विद्यार्थीहरुका क्षमतालाई केन्द्रीकरण गराएर त्यसलाई परिमार्जन गराउने छौं । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहँुच बढाउनै लागी इन्डिभिजिअल केयर युनिट (आइसीयु) को निर्माण गराउनेछौँ । कमजोर विद्यार्थीहरुलाई पनि प्रत्यक्ष रुपमा निगरानी गराएर पठन पाठनको वातावरण बनाउने एजेण्डा अगाडि सारेका छौँ । साथै नियमित रुपमा विद्यार्थीहरुले पाउने छात्रवृत्तिमा वृद्धि गराउनेछौँ । साथै टपर विद्यार्थीहरुलाई पनि कोषको व्यवस्था गरेर उचित सम्मानको व्यवस्था गराउँनेछौँ ।
पाटन संयुक्त क्याम्पसमा एउटा होस्टलको आवश्यकता रहेको छ । अहिले क्याम्पस प्रशासनलाई पटक पटक ज्ञापनपत्र पनि बुझाएका छौँ । साथै भूकम्पले क्षति गरेका भौतिक पुर्वाधारहरु निर्माण पनि हाम्रो प्राथामिकतामा रहेका छन् ।
स्ववियु भनेको विद्यार्थीहरुका अतिरिक्त क्रियाकलापहरुमा बढि फोकस गरेर लैजाने नै हो । त्यसका लागि हामीले आर्टस् क्लब, सोसल वेलफेयर क्लव, आइटी क्लव, पब्लिकेशन क्लब, क्यारियर क्लब र वातावरण क्लव बनाउनेछौँ ।

हिजो भूकम्पका समयमा पनि हामीले क्याम्पस मार्फत थुप्रै स्वयंसेवाका काममा लागेका थियौँ । मानविकीका विद्यार्थीहरुलाई आर्टस् क्लबको स्थापनाले साहित्यिक फाँटमा लाग्न मद्दत पुग्नेछ । साथै क्यारियर क्लब मार्फत बाहिरबाट एक्सपर्टहरु हायर गर्ने र आन्तरिक क्षमतालाई प्रदर्शन गर्न सहयोग गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

जासुसी आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का