जासुसी आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका लागि जासुस गरेको आरोपमा सन् २०१९ मा पक्राउ परेका अक्बरीलाई मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ ।

अक्बरीसँग बेलयात र इरानको दोहोरो नागरिकता रहेको थियो । अक्बरीले दोहोरो नागरिकता भए पनि जासुसी गरेको आरोप भने अस्वीकार गर्दै आएका थिए । बेलायतले अक्बरीको मृत्युदण्डलाई स्थगित गरेर तत्कालै रिहा गर्न माग गर्दै आएको थियो ।

यस्तै अमेरिकाले पनि अक्बरीलाई मृत्युदण्ड नदिन इरानलाई दवाब दिएको थियो । इरानले पछिल्लो केही वर्षयता दोहोरो नागरिकता भएका वा विदेशी स्थायी आवासीय प्रमाणपत्र रहेका कैयौं व्यक्तिहरूलाई गुप्तचरी र राष्ट्रिय सुरक्षा सम्बन्धी अभियोगमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको