देश

भारतसँग सीमा जोडिएका नाका आजबाट तीन दिनका लागि बन्द

१२ असार , काठमाडाैं । आगामी बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग सीमा जोडिएका नाका आजबाट तीन दिनका लागि बन्द गरिएको छ । शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिन राष्ट्रिय सुरक्षा नीतिअनुसार दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासहित ७२ घण्टा अगााडिबाट नाकामा आवातजावत नियन्त्रण गरिएको हो । आज […]

‘गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा अपमान ?

१० असार, काठमाडौं । भारतको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई नेपालीहरुले समर्थन गरेकोमा आपत्ति जनाउँदै ‘असमेली गोर्खा’ नामक फेसबुक पेजमा प्रश्न गरिएको छ- ‘किन नेपालीहरु यतिसाह्रो मूर्ख भएका ? तिनीहरु के गर्न चाहन्छन् ? गोर्खाल्याण्डलाई नेपालीहरुले समर्थन जनाएकोमा दुःखमान्दै भनिएको छ- ‘यदि गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल र नेपालीहरुले समर्थन गर्ने हो भने यो कहिल्यै पनि सफल हुँदैन, भारत सरकारले […]

असार २० देखि पेट्रोल नबेच्ने ब्यवसायीको घोषणा

१० असार, काठमाडौं । पेट्रोलियम ब्यवसायीले बाग्मती अञ्चलभरि असार २० गतेबाट पेट्रोलको बिक्री वितरण रोक्ने भएका छन् । ‘सिंकेज एण्ड वर्किङ लस’ अत्यधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै ब्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । ‘टेक्निकल लस’बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयनले असार २० गतेबाट […]

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

लुम्बिनी – धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । आजको कानितपुरको पहिलो पृष्ठमा खबर छ । मेयर प्रतिस्पर्धी नै स्वतन्त्रसहित ७ जना छन् । कांग्रेसले मोहम्मद सइद खाँ, संघीय […]

चुनाव बिथोल्न खोज्ने विप्लवका पाँच कार्यकर्ता पक्राउ

पाँचथर, ९ असार । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द ४ का विजय नेम्वाङ, फाल्गुनन्द ५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास ३ का सङ्घर्ष परियार रहेका छन् । चुनाव बिथोल्ने योजना बनाइरहेका बेला […]

दुई दिनका लागि नेपाल-भारत सीमा नाका बन्द

कैलाली, ९ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि दुई दिनका लागि नेपाल-भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमा नाका बन्द गर्ने निर्णय लिएको […]

भारतबाट गोही ल्याउने तयारी

८ असार, चितवन । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ । भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ ।   चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र […]

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि मात्र

  राष्ट्रिय समाचार समिति काठमाडौँ –  वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।  कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिए ।  […]

एनआरएनएले अन्तराष्ट्रिय स्तरको टर्मिनल बनाउने

    काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ । विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ । सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाी संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।  यस अभियानको […]

भारतलाई उछिन्दै नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो

काठमाण्डौ,३० जेठ । सन् २०१७ (आर्थिक वर्ष ०७३-७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो। नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो। […]

ads