देश

ट्यांकरचालकको हडतालले राजधानीमा इन्धन अभाव

९ फागुन, काठमाडौं । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण […]

संघीयता कार्यान्वयन चुनौतिपूर्णः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन नै सबै भन्दा चुनौतिपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार काठमाडौंको सैनिकमञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य विशिष्ट व्यक्तिको उपस्थितिमा गरिएको  विशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका […]

नेपालमै नोट छाप्ने तयारी

काठमाडौं—अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो। राज्यका अति महत्वपूर्ण वस्तु विदेशमा छाप्नु सोचनीय विषय भएको जनाउँदै मन्त्रालयले स्वदेशमा […]

झापाको दमकमा यस्तो बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति | आयोजनामा प्रस्ताव गरिए अनुसारका संरचना निर्माणका लागि कम्तीमा १ हजार बिगाहा जग्गा आवश्यक पर्ने |

काठमाडौ | झापाको दमकमा विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको मूर्ति निर्माण प्रक्रिया सुरु भएको छ । मूर्तिमात्रै १६४ मिटर अग्लो हुनेछ । ‘मूर्तिको बेसमा ३ तल्ला हुन्छ,’ दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘तलसमेत जोड्दा १९४ मिटर अग्लो हुन्छ ।’ ‘विराट बुद्ध प्रतिमा आयोजना’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । राजधानीमा भएको […]

३ छोरी र २ छोराका बाबु ३८ वर्षीय यी युवाले १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरे

पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीमाथि लगातार बलात्कारमा संलग्न एक सिरियल रेपिस्टलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। सोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन्। बलात्कार आरोपी सुनिल रस्तोगीको दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै […]

पूर्वी नेपाल र वीरगञ्जको औद्योगिक जिल्ला अब लोड सेडिङमुक्त

२८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ । काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्दि्रत […]

जेठ १ भित्र स्थानीय चुनाव गर्ने ‘समझदारी’

२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।   निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ […]

भौतिक योजना तथा यातायात मन्त्रालयले केबलकार सञ्चालन अनुमति दिएन, किन ?

काठमाडौं – नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति रोकिएको हो । यो निर्णय २०७२ फागुनमा भएको थियो । त्यसअघि पर्यटन विभागले केबलकार सञ्चालन तथा निर्माण स्वीकृति दिने गरेको थियो […]

प्रचण्ड र देउवाबीच आइजीपी नियुक्तिमा झगडा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे विवाद चर्किएको छ । यही विवादका कारण आज(बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा  उभिएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने […]

भूकम्पपीडितका लागि दाताको प्रतिबद्धता पत्र नै सरकारले हरायो

काठमाडौँ, २७ माघ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले भूकम्पपीडितहरुका लागि दातृराष्ट्रले राहत दिन कबुल गरेको प्रतिबद्धता पत्र नै सरकारले हराएको आरोप लगाएका छन् । कार्यकारी अधिकृत पोखरेलले दाताहरुले प्रतिबद्धता जनाएको रकम लिन सरकारले चासो नदेखाएको आरोप लगाउँदै प्रतिबद्धता अनुसारको रकम प्राप्त नभए पुनर्निमाणको काम प्रभावित हुने बताए । ‘दाता सम्मेलनमा साउदी […]