March 2, 2018

सन्दीपले क्रिस गेलको कप्तानीमा खेल्ने

बिहीबार राति लन्डनमा भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल)को खेलाडी ड्राफ्ट (छनौट) मा सेन्ट किट्स एन्ड नेभिस टोलले सन्दीपलाई ५ लाख रुपैयाँमा किनेको हो।

आइपिएलमा छानिएको र नामिबियामा भएको आइसिसी डिभिजनमा म्यान अफ द सिरिज भएपछि उनी विश्व क्रिकेट जगतमा परेका हुन्।

सिपिएलका छ टोलीमध्ये सन्दीप अनुबन्धित भएको टिमको कप्तानी क्रिस गेलले गर्नेछन्।

सो टोलीमा अष्ट्रेलियाका अलराउन्डर बेन कटिङ, कार्लोस ब्रेथवेट, वेस्ट इन्डिजका ओपनर एविन लेभिससहित बंगलादेश, जिम्बावेलगायतका देशका खेलाडी छन्।

दक्षिण अफ्रिकाका देब्रे हाते चाइनाम्यान बलर टब्रेज साम्सी पनि सन्दीपकै टोली छन्।

प्लेइङ सेटमा पर्न सन्दीपले साम्सीसँग प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ।  सेन्ट किट्स एन्ड नेभिसले साम्सीलाई ६० लाख रुपैयाँ (६० हजार डलर) मा किनेको छ।

दुबै जना रिस्ट स्पिनर भएको र एक जना दायाँ र अर्को बाँया हाता भएकाले टोलीले दुबै जनालाई पनि खेलाउन सक्छ।

टि-ट्वान्टी फर्म्याटको सिपिएलको यो  छैठौं संस्करण हो। अगस्ट ८मा सुरु हुने प्रतियोगिता सेप्टेम्बर १६ मा सकिनेछ। खेलहरु फरक–फरक क्यारेबियन देशमा हुनेछन्।

सिपिएलमा यो वर्ष खेलाडी किन्न एक करोड ६० लाख रुपैयाँ सीमा राखिएको थियो।

त्यसमध्ये सेन्ट किट्स एन्ड नेभिसले १ करोड ६० लाख तिरेर गेललाई किनेको हो।

यही मूल्यमा किनिएका अन्य खेलाडीमा वेष्ट इन्डिजका लेन्डल सिमोन्स, आन्द्रे रसेल, डोयन ब्राभो, पाकिस्तानका सोहेल तनवीर र न्युजिल्यान्डका मार्टिन गप्टिल छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत