माग सुनुवाइ नभए भदौ ३० गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी

 

काठमाडौँ, भदौ २० ।नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकाे प्रति बेवास्ता गरेकाे भन्दै चरणबद्ध अान्दोलनकाे कार्यक्रमकाे घाेषणा गर्दै पहिलाे दिन देशव्यापी रुपमा डिपाेहरूमा काेण सभा गरेकाे छ ।

पेट्रोलियम ट्याङ्कर चालक संघले बुधवार १८ बुँदे माग राख्दै नेपाल अायल निगम थानकाेट डिपाेमा काेण सभाकाे गरेकाे छ । काेण सभामा बाेल्दै अाफुहरूकाे माग सम्बोधन नभए भाद्र ३० गते देखि अनिश्चितकालिन पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने उनीहरूले चेतावनी दिए ।

ब्यवसायीहरूले अाफ्नाे सवारीकाे चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

हाम्रा जायज मागलार्इ सम्बोधन नगरिएकाे अवस्थामा प्रेटाेलियम पदार्थकाे ढुवानी राेक्ने उनीहरूकाे भनार्इ छ । पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने, न्यूनतम १० लाख सम्मकाे जाेखिम विमा हुनुपर्ने, लबल लस कट्टाकाे ब्यवस्था खारेज हुनुपर्ने, याेगदानका अाधारमा सञ्चयकाेषकाे ब्यवस्था हुनुपर्ने लगायतका १८ बुँदे माग समावेश गरिएको छ ।

संघका अध्यक्ष इश्वर लामाको नेतृत्वमा भाद्र ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर चालक संघको एक प्रतिनिधिमण्डलले मन्त्री मातृका यादवलाई सो मागपत्र बुझाएको थियाे ।

यस्ताे छ मागपत्र:

40631592_234731590548161_1549654415491727360_n40973650_1151851218286272_1235499303208747008_n

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत