August 8, 2018

नेकपाको सचिवालय बैठक जारी, सांगठनिक एकता प्रक्रियाबारे छलफल हु

 

काठमाडौं, साउन २३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा भ्रातृ संगठनहरुको सांगठनिक एकता प्रक्रियाबारे छलफल हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेको छ । सोहि अन्यौलता हटाउदै संगठानिक एकता प्रक्रियालाई गति दिने बिषयमा आजको बैठक केन्द्रित रहने नेताहरुले बताएका छन् ।

भ्रातृ संगठनबीचको एकताका लागि गठित कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएकोले त्यसमा बिलम्ब नहुने नेताहरुको भनाई छ । स्पष्ट मापदण्डका आधारमा भ्रातृ संगठनबीचको एकता प्रक्रियालाई टुङ्ग्यानकै लागी बैठक बस्न लागेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भएपनि जनवर्गीय तथा भ्रातृ संगठनको एकता प्रक्रिया भने कार्यविधि र नियमावली अभावमा रोकिएको थियो ।

केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जानएको छ । त्यसका लागि तल्लो तहबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता गरिने नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत