October 28, 2018

देशमा नेपाल प्रहरीले सुरु गर्‍यो समुदाय प्रहरी साझेदारी कार्यक्रम (भिडीयो)

नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ।  काठमाडौंको भृकुटीमण्डपमा भब्य समारोहकाबीच प्रहरी प्रधान कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुभारम्भ गरेको हो।

कार्यक्रमको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे। ‘हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित देशैभर आजबाट यो अभियान सुरु भएको प्रहरीले जनाएको छ।

शान्तिपुर्ण एवम् सुरक्षित समाज निमार्ण गर्नका लागि नयाँ अवधारणासहित नयाँ कार्यक्रम अघि सारिएको आइजिपी सर्वेन्द्र खनालले बताए।

कार्यक्रमको शुभारभ्भ गर्दै गृह मन्त्री थापाले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरेका छन् । समाजमा शान्ति सुरक्षाका लागि प्रहरी र समूदायबीच हातेमालोको जरुरी रहेको उनले बताए ।

कार्यक्रममा आइजिपी सर्वेन्द्र खनालले यस अभियानमा स्थानीय तह र नेपाल प्रहरी प्रमुख साझेदारी हुने र त्यसमा स्थानीय तहका संघ संगठनलाई एकजुट बनाएर समितिहरु गठन गरी काम गरिने बताए।

उनले यस अभियानमा विद्यालय पनि सहभागी गराइएको बताए। अपराध गर्ने र पिडितहरु धेरै जसो बालबालिका रहने उनले बताए। माध्यमकि तहको अध्ययनपछि १६ देखि २५ वर्ष उमेरका युवा अपराध फस्ने गरेको प्रहरी रेकर्डले देखाएको उनले बताए।

विद्यार्थीहरुलाई यस अभियानले रक्षात्मक र प्रतिकारात्मक हुन सिकाउने खनालको दाबी छ। यस अभियानका कारण अपराध रोकथाम हुनुका साथै प्रहरी अनुसन्धानमा जनसहयोग बढ्ने अपेक्षा पनि प्रहरीले लिएको आइजिपी खनालले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्राङ्क भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुने : गृह मन्त्राल

   २०७८ माघ १३, काठमाडौं । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै

डा. योगी विकाशानन्द भन्छन् : लकडाउन हटाऔं, जनता बचाऔं (भिडियो)

काठमाडौं, भदौ २४: मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन्। कोरोनाका

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

जेठ २३, दोहा : कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा

‘लकडाउन’ उलंघन गर्नेलाई भारतमा उठबस, पाकिस्तानमा भाले बनाइयो (भिडीयो)

कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण विश्वभर बढ्दै जाँदा भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली

दीपिका पादुकोण अभिनित ‘छपाक’ को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना

रातो र चन्द्र सूर्य…मा पूर्वराजा ठमेलमा यसरी नाचे (भिडियोसहित)

 मंसिर २,काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना परिवारका सदस्यसहित शनिबार राति ठमेलस्थित लर्ड अफ द