April 8, 2019

जडान गरेकाे दुई दिनमा नै बिग्रियो तीन करोडको प्लान

 

सुनसरी, २५ चैत्र । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए ।

प्रतिष्ठानका अनुसार ३ करोड २४ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ । जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छैन ।

प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्न तत्कालीन उपकुलपति प्रा डा बलभद्रप्रसाद दासका पालामा २०७३ वैशाख २९ गते टेन्डर खोलिएको थियो । काठमाडौं बस्ने विज्ञान अर्यालको डाइग्नोकेन इन्टरनेसनल प्रालिले अक्सिजन प्लान्टको टेन्डर पारेका थिए । उनले २०७५ भदौ ८ सम्म प्लान्टको सामान झारेका थिएनन् । डाइग्नोकेन प्रालिलाई प्लान्टको शतप्रतिशत भुक्तानी भने दिइसकिएको थियो ।

Image result for बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

दासपछि आएका उपकुलपति प्रा डा राजकुमार रौनियार र अस्पताल निर्देशक प्रा डा साहले प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट जडानका लागि अघिल्ला पदाधिकारीले शतप्रतिशत रकम दिइसकेको थाहा पाएपछि डाइग्नोकेन र भारतको युनिसी इन्डिया कम्पनीलाई अक्सिजन प्लान्टका उपकरण ल्याइदिन र जडान गर्न दर्जन पटक पत्राचार गरेका थिए । कालोसूचीमा राखेर कारबाही प्रक्रिया चलाउने चेतावनी दिएपछि एक वर्षअघि डाइग्नोकेनले सामान झारेर चउरमा छाडेको थियो ।

अक्सिजन प्लान्ट जडान गर्न डाइग्नोकेन नआएपछि युनिसी इन्डिया कम्पनीका इन्जिनियर नरेन्द्र पाल आएर दुई महिनासम्म बसी गत माघ २४ गते जडान पूरा गरेका थिए । प्लान्ट जडान गरेको दुई दिनमै बिग्रिएपछि इन्जिनियर पाल भागेका थिए । कमिसनका कारण मूल्यांकन समितिका मुख्य इन्जिनियर राहुल मिश्रले स्पेसिफिकेसन अनुसार अक्सिजन प्लान्ट भए नभएको विषयमा बेवास्ता गर्दा ३ करोड २४ लाख डुबेको हो  ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा साहले भने, ‘अघिल्लो पदाधिकारीले शतप्रतिशत भुक्तानी गरेर ल्याइएको अक्सिजन प्लान्टका नेपाली एजेन्ट विज्ञान अर्यालको डाइग्नोकेन र भारतीय एजेन्ट युनिसी इन्डियाका गुल्सन वर्मा दुवैले ठगेको देखियो । कमिसनको चक्करमा प्रतिष्ठानको सवा ३ करोड बालुवामा पानी खन्याए जस्तो भो ।’

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा साहले १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्छ भनेर अघिल्ला पदाधिकारी र मूल्यांकन समितिका इन्जिनियरले भनेको आधारमा प्लान्ट झारिए पनि उत्पादन आधा पनि मुस्किलले गरिरहेको बताए । ‘भुक्तानी भइसकेकाले अंकुश लगाउने ठाउँसमेत छैन,’ उनले भने ।

अक्सिजन प्लान्टसम्बन्धी जानकार सिद्ध आरआर प्रालिले अक्सिजन प्लान्ट खरिद गर्न चारबुँदे सुझावसमेत दिएको थियो । आरआरले प्लान्टको मुख्य उपकरण जीओलाइटको वारेन्टी १५ वर्षको हुनुपर्ने, अक्सिजनको शुद्धता ९५ प्रतिशत हुनुपर्नेलगायत सुझाव दिएको थियो । तर मूल्यांकन समिति र प्रतिष्ठानका पदाधिकारीहरूले ती सुझावलाई बेवास्ता गरिएको थियो ।

प्रतिष्ठानका बायो मेडिकल इन्जिनियर प्रदीपराज साहले भने, ‘सामान्यतया विश्वव्यापी स्ट्यान्डर्डअनुसार प्लान्टबाट ९२ देखि ९६ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुनुपर्छ तर युनिसी र डाइग्नोकेनले उपलब्ध गराएको प्लान्टले ८० प्रतिशतमात्र शुद्ध अक्सिजन उत्पादन गर्न सकेको छ ।’

युनिसी इन्डिया कम्पनी अक्सिजन प्लान्ट निर्माण गर्ने कम्पनी नभए पनि डेढ दशकदेखि प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतसम्भार गर्ने नाममा वार्षिक १० लाख भारु असुल गर्दै आएको छ । आजको कान्तिपुर दैनिकमा प्रदीप मेन्याङ्बोले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण