कलंकी नागढुङ्गा सडक बनाउन प्रचण्डका घरवेटीले गरे सहमति

 
असाेज १२, काठमाडाैं । शैलुङ कन्ट्रक्सनले कलंकी-नागढुंगाका सडक खण्ड मंसिर भित्र पिच गर्ने भन्दै स्थानियहरू सँग सम्झौता गरेको छ । शैलुङ कन्ट्रक्सनले अाज स्थानीयहरू सँग सडक पिच गर्न दुई बुँदै सम्झौता गरेको हो ।चन्द्रागिरी नगरपालिकाका स्थानीयहरूलार्इ सडकमा अध्याधिक धुलोका कारण सास्ती भएपछि आन्दोलनमा उत्रिएका थिए । चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा भएको दुई बुँदे सम्झौता अनुसार ढलको शिर,पुच्छर टुङ्गो लागेको अवस्थामा प्याकेजको चन्द्रागिरी नपा १५ को विभिन्न खण्डमा मंसिर मसान्तसम्म पिच सम्पन्न गर्ने सहमति भएकाे छ ।

यसैगरी कंलकी,नागढुङ्गा सडक निर्माण सम्पन्न नभए सम्म धुलो नउड्ने वातावरण सृजना गर्ने र सडकमा पानी हाल्ने सम्झौता भएकाे छ । भने, तत्कालै सडकको दायाँबायाँ रहेका विद्युतकाे पोल, टेलिकमको पोल हटाउन, पानीको दायाँबायाँ निकासका लागि सरोकारवाला निकाय विच समन्वय १५ नं. वडाले गर्ने सहमति भएकाे छ ।

लामाे समयदेखि सडक नबन्दा अाक्राेशित स्थानीयहरूले शुक्रबार अाज बिहान साढे ८ बजेदेखि २ घन्टा सो सडक खण्ड बन्द गरेरै विराेध गरेका थिए । वर्षौंदेखि अलपत्र रहेको कलंकी-नागढुंगा सडकको धुलोले स्वास्थ्यमा असर गरेकाे र स्वास फेर्न समेत सास्ती व्यहोर्नुपरेको तथा दुर्घटना समेत बढेकाेले अाजित भएर सडक बन्द गर्नुपरेकाे स्थानीय समाजसेवी उत्तम कार्कीले बताए ।

सडक बन्द गर्न अाएका वडा नं. १५ का अध्यक्ष उत्तमबहादुर राउतले सडकमा मुअाब्जा र अदालतको फैसलाकाे कारण सडक निर्माणमा ढिलार्इ भएपनि कम्तिमा दिनहुँ पानी हालेर धुलो त कम गर्न सक्ने भएपनि ठेकेदारले चासाे नदिएकाेले बाध्य भएर अान्दाेलनमा उत्रनु परेकाे बताए । एक वर्षअघि धुलो कम गर्न पानी हाल्ने सहमति भएपनि कार्यान्वयन भएन, अव लिखित सम्झौता भएको छ कार्यान्वयन नभए हामी पुनः सडकमा अाउँछाैं ।’ शुक्रबार मकालु खबरसँग उनले भने । \

स्थानी समाज सेवी रामनारायण घिमिरेले यही धुलोका कारण जेष्ठ नागरिक र बालबालिकामा फोक्सो लगायत स्वासप्रस्वास सम्वन्धी जटिल रोग पैदा भएकाे बताउँदै कम्तिमा धुलाे नउड्ने वातावरण ठेकेदारले बनाउनु पर्ने जिकिर गरे ।

२ घन्टा सडक अवरोध भएपछि सडक कार्यालयका प्रतिनिधि, ठेक्का पाएको कम्पनी शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि नवराज भण्डारी, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नवरत्न पौडेल, चन्द्रागिरी नगरपालिका १५ का वडा अध्यक्ष उत्तम वहादुर राउत र स्थानीयबीच वार्ता भएको थियाे ।

काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका त्रिपुरेश्वर-कलंकी-नागढुंगा ९.१ किलोमिटर सडकको ठेक्का नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले पाएको छ। यो सडक एक अर्ब १३ करोड, ८४ लाख ३२ हजार ७३० रूपैयाँमा ठेक्का लागेको हो। एक वर्षे सम्झौता अनुसार २०७२ असार मसान्तमा अधिकारीले ठेक्का लिएका थिए। कार्यालयका अनुसार बढीमा पुस मसान्तसम्म सक्नु पर्नेमा अहिलेसम्म ५० प्रतिशत काममात्र पूरा भएको छ।

यो सडक निर्माण गर्न शैलुङले तीन भाग लगाएको छ। यसको पृष्ठभूमिमा मुख्य ठेकेदार शैलुङ छ, ज्वाइन्ट भेन्चर ठेक्कामा अरू कम्पनी छन्। शैलुङको प्राविधिक पक्ष कमजोर छ, त्यसैले ज्वाइन्ट ठेक्का लिन्छ ।

कलंकी नागढुंगाको तीन किलोमिटर खण्ड एमएस शर्मा, शैलुङ र कान्छाराम जेभी, ३-६ खण्ड लुम्बिनी-शैलुङ र साप जेभी र ६-९.१ खण्ड एमएस शर्मा-शैलुङ र कान्छाराम जेभीलाई निर्माण जिम्मा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत