बिशेष

खोप प्रमाणीकरणमा सहज

काठमाडौ, साउन १० गते । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा)अघि उहाँ काठमाडौ आउनुभएको थियो । निषेधाज्ञापछि उहाँ कतार जान पाउनुभएको छैन । दुई महिनाका लागि बिदामा आउनुभएका दाहाल अहिलेसम्म […]

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डा,  माधवकुमार नेपाललाई आठ मन्त्रालय दिने

काठमाडौं,साउन १, सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।  माधवकुमार […]

लामो दूरीको यातायात भाडा २८% बढ्यो

असार ३१,काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता […]

यस्तो छ सर्वोच्च अदालतको आदेशको पूर्णपाठ

  काठमाडौं,असार २९, २०७८,प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।  […]

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दाको सम्भावित फैसला

काठमाडौं,असार २८, १. सर्वप्रथम सर्वोच्चले गर्न सक्ने पहिलो सम्भावित फैसला भनेको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने हुन सक्छ । ३० वैशाखमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७३(३) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उनले त्यसो नगरेर विश्वासको मत लिन सक्ने आधार नभएको भन्दै राष्ट्रपतिलाई प्रक्रियामा […]

मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार

असार २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले यसलाई कानुनी प्रश्न भन्न नमिल्ने जिकिर छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट ८ असारमा मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज […]

बढ्यो देशको राजनीतिक ढुकढुकी : कसरी होला ७६ (५) को व्याख्या ?

काठमाडौं,असार २१,प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ। अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६(५) को व्याख्या के–कसरी गर्ला भन्नेमा छ।  धारा ७६(५) मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको […]

श्रमिक लैजान कोरिया सकारात्मक

काठमाडौँ, असार २१ गते । दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार […]

असार २१ गतेसम्म निषेधाज्ञा थपियो,भोलिदेखि सार्वजनिक यातायात चल्ने

काठमाडौं,असार १४,कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।  तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ ।    

एमाले स्थायी कमिटीको निर्णय : १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक

 असार १३,काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई […]

 

photo

NOC1-250x300