अर्थ

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई अस्पतालबाटै ८० प्रतिशतसम्म छूट

काठमाडौं,बैशाख ५,सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो । कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ […]

योगदानकर्तालाई उपचारमा छुट

काठमाडौँ, वैशाख २ गते । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम अस्पतालले बेहोर्ने व्यवस्था गरेको छ । त्यसको परीक्षण सेवा सुुरु गरेको कोषले जनाएको छ । व्यवस्थालाई सरल बनाउन नयाँ व्यवस्थाको परीक्षण सुुरु […]

अनलाइन कारोबारसँगै शेयरबजारमा गति

काठमाडौं,बैशाख १,विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा पुगेको […]

युनिलिभर, रविभक्त र साेल्टीकाे स्वाद

 २९ चैत्र २०७७,दर्जनौं कम्पनी, बैंक तथा होटलका मालिक रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड रूपैयाँ मात्र भएको विवरण उनैको प्यान नम्बर (१०७६७२२१८) बाट खुलेको छ । तर, युनिलिभरबाट मात्रै वर्षको ५० देखि ६० करोड डिभिडेण्ड बुझ्दै आएका शाही सरकारका सहायकमन्त्री रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड देखिनुमा कर विज्ञहरूले समेत शंका गरेका छन् । उनको […]

तीन जिल्ला जोड्ने तीनमुखे पुल

रिडी धाममा बन्दै छ स्याङ्जा, गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुल काठमाडौँ, चैत ३० गते । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । […]

आर्थिक रूपान्तरणको दस वर्षे मार्गचित्र सार्वजनिक

काठमाडौँ, चैत २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्पmत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो […]

काठमाडौँमा एकीकृत बस्ती विकास

काठमाडौँ, चैत २४ गते । काठमाडौँका तीनवटा नगरपालिकाले पूर्वोत्तर काठमाडाँैं नयाँ सहरी विकास आयोजना गठन गरी एकीकृत बस्ती विकास कार्य सुरु गरेका छन् । काठमाडाँैं उपत्यकामा अव्यवस्थित बस्ती बढ्दै जाँदा ढल, खानेपानी, सडक, फोहोर व्यवस्थापन पार्क र पार्किङलगायतका दीर्घकालीन समस्याको अन्त्य गर्दै सुविधासम्पन्न सहर निर्माण गर्ने उद्देश्यले बस्ती विकासको काम अगाडि बढाइएको हो । कागेश्वरी मनोहरा, […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

 २०७७ चैत , २३, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल,  मट्टितेलमा र हवाइ इन्धन (आन्तरिक ) २/२ रुपैयाँ मूल्य बढाइएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय ३ रुपैयाँ पुगेको छ […]

साढे दुई करोडको पहुँचमा इन्टरनेट:नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ, चैत २० गते । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।          गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार […]

जेठदेखि मोबाइल मनी

काठमाडौँ, चैत १९ गते । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । बुधबार आयोजित भर्चुअल कार्यक्रममा […]

 

photo

NOC1-250x300