ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् राष्ट्रको पक्ष र विपक्षबीच स्पष्ट कित्ताकाट गर्ने समय आएको बताएका हुन्।

उनले मतदातालाई निर्माण र विध्वंसको बाटोमध्ये एक रोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै राष्ट्र जोगाउने पक्षमा उभिन आग्रह गरे। यतिबेला आफ्नो धारणा स्पष्ट पारेर बोल्न नसके इतिहासप्रति जवाफदेही हुनुपर्ने अवस्था आउने उनको भनाइ थियो।ओलीले निर्वाचित सरकारलाई अपदस्थ गराउन प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै देश जोगाउने कि नजोगाउने भन्ने प्रश्नको उत्तर दिनुपर्ने समय आएको बताए।

देशमा विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै उनले आफूविरुद्ध गुनासा र प्रश्न उठेको तथा केही कमजोरी रहेको स्वीकार गरे। तर राष्ट्रिय अखण्डता, स्वाभिमान र सार्वभौमिकताका विषयमा कहिल्यै सम्झौता नगरेको दाबी गरे।उनले संविधान, कानुन, भूमि, जनता तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई ‘देश पहिले’ भन्ने अवधारणासँग जोड्दै राज्यका संरचना र सार्वजनिक सम्पत्ति जोगाउन सबै एकजुट हुनुपर्ने बताए।राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ओलीले आफ्नो माटो, सीमा र पहिचानप्रति गर्व गर्ने भावना नै आत्मबलको स्रोत भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै