आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ ।

केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका छन्। झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै नेकपा (एमाले)का अध्यक्ष ओलीले धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले कुनै पनि प्रकारको धाँधली एमालेलाई स्वीकार्य नहुने स्पष्ट पार्दै राज्य संयन्त्रको दुरुपयोग गरेर चुनावी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यस्तो परिणामलाई मान्यता नदिने चेतावनी दिए।

ओलीले भने, “त्यस्ता गतिविधि तत्काल रोकिनुपर्छ। तर, रोकिनेमा शंका छ।”

उनले मुलुकको सार्वभौम संसद बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको दाबी गरे। आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उनले देशले भोगिरहेका समस्याको समाधान एमालेको नेतृत्वमा सम्भव हुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले