पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अन्योल देखिएको छ। एकता हुँदा उज्यालो नेपालका उम्मेदवारसमेत समेटेर रास्वपाले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको थियो। तर, एकता टुटेपछि कतिपय नेताले रास्वपाबाट नाम फिर्ता लिने र उज्यालो नेपालमै फर्किने निर्णय गरेका छन्।
रास्वपाले आइतबार समानुपातिक सूची अद्यावधिक गर्दा यसअघि उज्यालो नेपालतर्फबाट सूचीमा परेकी रिमा विश्वकर्माको नाम यथावत् राखिएको बुझिएको छ। पार्टी एकता भङ्गपछि उज्यालो नेपालले गरेको पत्रकार सम्मेलनमा उनी सहभागी नभएकी थिइन्। उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा पार्टी बैठकमा उपस्थित भए पनि छोटो समयमै फर्किएकी थिइन्। स्रोतका अनुसार रिमा रास्वपाको बन्दसूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन्।
त्यस्तै, उज्यालो नेपाल पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा परेका डा. अभिषेक राज सिंहले पनि नाम फिर्ता नगर्ने संकेत गरेका छन्। उनले आफू छलफलमै रहेको बताए पनि स्रोतका अनुसार उनी रास्वपामै रहने सम्भावना बलियो छ। उनको नाम रास्वपाको समानुपातिक सूचीमा मधेसी कोटाको चौथो नम्बरमा छ।
यता, उज्यालो नेपाल पार्टीबाट रास्वपाको बन्दसूचीमा परेका त्रिशला गुरुङ र महेन्द्र लावतीले यसअघि नै नाम फिर्ता लिने घोषणा गरिसकेका छन्। तुलसा वाइवा, सोमप्रसाद चौधरी लगायतले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उज्यालो नेपालमै रहने बताएका छन्।
उज्यालो नेपाल पार्टीका तत्कालीन अध्यक्ष अनुप उपाध्यायले पनि रास्वपाको सूचीबाट नाम निकाली पार्टीमै फर्किएका छन्। हाल उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पेर संरक्षकको भूमिका सम्हालेका छन्।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि