यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं ।

आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र टोपी दिवस देशभर विविध कार्यक्रमसहित मनाइएको छ। यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ काठमाडौंको वसन्तपुरमा विभिन्न युवा संस्थाहरूको आयोजनामा विशेष कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीहरूले नेपाली मौलिक पोशाक दौरा–सुरुवाल, ढाका टोपी तथा गुन्यु–चोली लगाएर नाचगान गर्दै राष्ट्रिय पहिचानको उत्सव मनाए। साथै सहभागीहरूबीच शुभकामना आदान–प्रदान गरिएको थियो।

नेपाली पहिचानका प्रतीकका रूपमा रहेका दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले २०७० सालदेखि सुरु गरिएको राष्ट्रिय पोशाक र टोपी दिवस हरेक वर्ष जनवरी १ मा मनाइँदै आएको छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट यसको प्रचार–प्रसार अझ व्यापक बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

सर्वोच्चमा एकै दिन २४६ बैंकिङ कसुरका मुद्दा, १२२ वटामा मिसिल प्राप्तिको आदेश

काठमाडौँ, पुस १३ । सर्वोच्च अदालतमा आइतबार बैंकिङ कसुरसम्बन्धी २४६ वटा मुद्दाको एकै दिन पेसी