२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पदभार सम्हालेको एक सय दिनको उपलब्धि, प्रगति विवरण तथा आगामी कार्ययोजना सार्वजनिक गरेका छन्।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले आफ्नो प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा भएका १०१ वटा कामको विवरण प्रस्तुत गरेका हुन्। यस क्रममा जल तथा मौसम विज्ञान विभागमार्फत मौसम तथा बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी जोखिम पूर्वानुमान सूचना समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गरिएको उल्लेख गरिएको छ।
मन्त्री घिसिङ जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनले एक सय दिनका प्रमुख उपलब्धिहरूमा बञ्चरेडाँडामा फोहोर विसर्जन अवरुद्ध हुँदा राजधानी काठमाडौं अस्तव्यस्त हुने समस्या समाधान, मेलम्ची खानेपानी काठमाडौं ल्याउन देखिएका अवरोध हटाउने, तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन तथा मनसुनका कारण क्षतिग्रस्त बीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको विषय समेटिएका छन्।
घिसिङको सय दिने कामको फेहरिस्त:
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण