उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा गरिएको छ।

उक्त पार्टीको घोषणा काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित  कार्यक्रममार्फत गरिएको हो। पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन गरिएको यो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको छ। कार्यक्रमस्थलमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू हरियो झण्डा र ‘चिम’ अंकित टोपीसहित उपस्थित थिए।

यसअघि मंसिर १२ गते जारी गरिएको विज्ञप्तिमा पार्टीले आफूलाई दलहरूको भीडमा थपिएको अर्को दल मात्र नभई उज्यालो सपना साकार पार्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव भएको राजनीतिक शक्ति को रूपमा प्रस्तुत गरेको थियो। पार्टीले आम नेपाली जनताले भरोसा गर्न सक्ने विकल्प बन्ने दाबी पनि गरेको छ।

घोषणा कार्यक्रममा हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर केही समयदेखि निष्क्रिय रहेकी सुमना श्रेष्ठको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार