मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा गरिएको छ।
उक्त पार्टीको घोषणा काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममार्फत गरिएको हो। पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन गरिएको यो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको छ। कार्यक्रमस्थलमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू हरियो झण्डा र ‘चिम’ अंकित टोपीसहित उपस्थित थिए।
यसअघि मंसिर १२ गते जारी गरिएको विज्ञप्तिमा पार्टीले आफूलाई दलहरूको भीडमा थपिएको अर्को दल मात्र नभई उज्यालो सपना साकार पार्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव भएको राजनीतिक शक्ति को रूपमा प्रस्तुत गरेको थियो। पार्टीले आम नेपाली जनताले भरोसा गर्न सक्ने विकल्प बन्ने दाबी पनि गरेको छ।
घोषणा कार्यक्रममा हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर केही समयदेखि निष्क्रिय रहेकी सुमना श्रेष्ठको पनि उपस्थिति थियो।
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै