मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि परिवार, आफन्त, साथीभाइ र शुभेच्छुकको शोक कम भएको छैन। मजदुर अधिकारका लागि जीवनभर संघर्षरत गौतमको कार्तिक १३ गते मजदुरसम्बन्धी कार्यक्रममा सम्बोधनकै क्रममा निधन भएको थियो। उनी ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य थिए।

सोमबार बुटवलमा जिफन्टद्वारा आयोजित श्रद्धाञ्जली सभामा अधिकांश सहभागी भावविह्वल बने। वक्तादेखि सामान्य सहभागीसम्म धेरैजना सम्बोधनकै क्रममा रोएका देखिन्थे। सभामा उपस्थित उनकी ९२ वर्षीया आमा, श्रीमती, छोराबुहारी, छोरी र नातिनी कार्यक्रमभरि भावुक बनेर बसेका थिए।

जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले गौतमको जीवनी प्रस्तुत गर्दै उनका चुनौतीपूर्ण क्षणका अनुभव र जिम्मेवारीबहनका कथाले सभालाई झनै भावुक बनाएको बताए। श्रेष्ठले गौतमजस्ता समर्पित योद्धा गुमाउनु संगठनका लागि अपूरणीय क्षति भएको उल्लेख गरे। उनले गौतमको जीवन र योगदानको एक डकुमेन्ट्री पनि प्रस्तुत गरे।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गयरले पार्टी बलियो बनाउन गौतमले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको सम्झनामा जिल्ला कमिटीले स्मारिका प्रकाशनको तयारी गरिरहेको जानकारी दिए। जिफन्ट लुम्बिनी अध्यक्ष हुमाकान्त काफ्लेले गौतमको निधनले संगठन अभिभावकविहीन बनेको महसुस भएको बताए।

सभामा बोलेकी श्रीमती बिन्दु गौतम केही शब्दमै भावुक बनिन्। उनले श्रीमानले परिवारभन्दा बढी समय मजदुर र पार्टीका लागि समर्पण गरेको उल्लेख गर्दै मृत्यु हुनुअघि दुई घन्टा अघिमात्रै एकैपटक खाना खाएर कार्यक्रमका लागि बाहिरिएको क्षण सम्झिँदै रोइन्। बोल्न नसक्ने अवस्थामा उनलाई परिवार र कार्यक्रम सञ्चालकले मञ्चबाट तल झारेका थिए।

एमाले उपमहासचिव तथा जिफन्ट संरक्षक विष्णु रिमालले कठिन समयमा संगठन र पार्टीका लागि गौतमलाई पठाइने गरेको र उनले अपेक्षाभन्दा छिट्टै काम पूरा गर्ने गरेका कारण आफू नजिकबाट चिनेको ‘आन्दोलनका पर्याय’ पात्र गुमाउनु ठूलो पीडा भएको बताए। उनले गौतमको जीवनभरको समर्पणका बाबजुद एकपटक जनप्रतिनिधि बन्ने चाहना पूरा गराउन नसकिएकोमा आत्मग्लानी व्यक्त गरे।

रिमालले असंगठित मजदुर, विशेष गरी रिक्सा चालक मजदुरलाई संगठित गर्न गौतमले गरेको मेहनत अविस्मरणीय रहेको बताए। विदेशमा समेत मजदुरका सवालमा सम्बद्ध निकायसँग छलफल र समाधान खोज्ने अद्वितीय शैली उनको विशेषता भएको उल्लेख गरे।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीविरुद्ध चौतर्फी दबाबका बीच हजारौँ मजदुरका पक्षमा बोल्दै गर्दा गौतमले जीवन त्याग्नु परेको स्मरण गरे। उनले गौतमलाई सरकारका गलत निर्णयविरुद्धको आन्दोलनका सशक्त योद्धाका रूपमा चित्रण गर्दै मजदुर आन्दोलनकै क्रममा भएको निधन अकल्पनीय भएको बताए।

पोखरेलले रुपन्देही–४ जस्तो पार्टीको कमजोर ठाउँमा उल्लेखनीय काम गरेको भन्दै गौतमको योगदान प्रशंसनीय रहेको जनाए। उनले गौतमको सकारात्मक अभियानलाई निरन्तरता दिँदै संकल्पबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।

महासचिव पोखरेलले वर्तमान राजनीतिक अवस्थाले कमल गौतमजस्ता समर्पित योद्धाहरूको आवश्यकता अझ बढेको बताउँदै गौतमको निधनले पार्टी र मजदुर आन्दोलन दुवै क्षेत्रमा ठूलो क्षति पुगेको निष्कर्ष निकाले। एमाले श्रमिक–मजदुरका हकहितका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मजदुरलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्ने दिशामा पार्टी अघि बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार