प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता

काठमाडौँ, असोज २ गते । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज  दूरभाष (फोनवार्ता) वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको ऐतिहासिक, सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देशबीच आपसी विश्वास र सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको पछिल्लो राजनीतिक परिदृश्यबारे पनि जानकारी गराउनुभएको थियो।

त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी दिनमा पनि असल छिमेकीका नाताले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।

दुवै मुलुकका सरकार प्रमुखबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय र साझा चासोलगायतका मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य