काठमाडौँ, असोज २ गते । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दूरभाष (फोनवार्ता) वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको ऐतिहासिक, सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देशबीच आपसी विश्वास र सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको पछिल्लो राजनीतिक परिदृश्यबारे पनि जानकारी गराउनुभएको थियो।
त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी दिनमा पनि असल छिमेकीका नाताले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।
दुवै मुलुकका सरकार प्रमुखबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय र साझा चासोलगायतका मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका