
भदौ ५, २०८२, काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँग प्रत्यक्ष सम्बन्धित रहेको स्पष्ट पारेका छन्।
फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्र ओलीमाथि विभिन्न आरोप लाग्ने क्रममा यही फाउण्डेशनमार्फत वैचारिक संघर्ष अघि बढाइएको उल्लेख गरे।
उनले मदन भण्डारीको नाममा स्थापना गरिएको यो संस्थाले ओलीको मार्गदर्शन र सान्निध्यमा आफ्नो गतिविधि अघि बढाएको स्मरण गराउँदै, पार्टीभित्र विचारको झण्डा बोकेर हिँड्दा फाउण्डेशन निरन्तररूपमा जोडिएको बताए।
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सम्मानपूर्वक सम्बोधन गर्दै पोखरेलले फाउण्डेशनले पार्टीको वैचारिक यात्रामा ऐतिहासिक योगदान पुर्याउँदै आएको धारणा राखे।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य