विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। दिउँसो २ बजे हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ।

सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयप्रति असन्तुष्ट भण्डारीले च्यासलस्थित तगारापछि आफ्ना राजनीतिक गतिविधि अघि बढाउन सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेकी हुन्। बानेश्वर–थापागाउँको लाखेचौर मार्गमा रहेको भाडाको चारतले रातो घरलाई ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को नाममा कार्यालयका रूपमा प्रयोग गर्न लागिएको हो।

कार्यक्रम व्यवस्थापनमा संलग्न नेताहरूका अनुसार सुरुमा यस कार्यालय उद्घाटनका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने छलफल भएको थियो। तर, औपचारिक निमन्त्रणा माग्दा प्रधानमन्त्रीले समय नदिएपछि अन्ततः विद्यादेवी भण्डारी आफैंले उद्घाटन गर्ने निर्णय भएको बताइएको छ।

समारोहका लागि एमालेका अन्य नेताहरुलाई समेत निमन्त्रणापत्र वितरण गरिएको छ। केहीलाई प्रत्यक्ष भेटेर र अरुलाई केन्द्रीय कार्यालय सचिवमार्फत् निम्तो पठाइएको छ।

विद्यादेवी भण्डारीले ४५ वर्षदेखि लिआएको आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने अडान राख्दै मदन भण्डारी फाउन्डेसनमार्फत देशभर नेता–कार्यकर्तासँग सम्पर्क विस्तार गर्ने योजना बनाएकी छन्।

यो घर ऐतिहासिक रूपमा पनि भण्डारी परिवारसँग सम्बन्धित छ। सन् १९९१ (२०४८ साल) को आमनिर्वाचनमा मदन भण्डारीले यही घरलाई प्रचार कार्यालयका रूपमा प्रयोग गरेका थिए, जसैबाट उनले काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए। त्यस्तै, सन् १९९४ (२०५१ साल) को आमनिर्वाचनमा विद्यादेवी भण्डारीले पनि यही घरलाई चुनाव प्रचारका लागि प्रयोग गरेकी थिइन्।

निकट नेताहरूका अनुसार भण्डारी नियमित रूपमा सम्पर्क कार्यालयमा उपस्थित भएर कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाट गर्ने र आफ्ना राजनीतिक गतिविधि अघि बढाउने योजना बनाइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे