भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। दिउँसो २ बजे हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ।
सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयप्रति असन्तुष्ट भण्डारीले च्यासलस्थित तगारापछि आफ्ना राजनीतिक गतिविधि अघि बढाउन सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेकी हुन्। बानेश्वर–थापागाउँको लाखेचौर मार्गमा रहेको भाडाको चारतले रातो घरलाई ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को नाममा कार्यालयका रूपमा प्रयोग गर्न लागिएको हो।
कार्यक्रम व्यवस्थापनमा संलग्न नेताहरूका अनुसार सुरुमा यस कार्यालय उद्घाटनका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने छलफल भएको थियो। तर, औपचारिक निमन्त्रणा माग्दा प्रधानमन्त्रीले समय नदिएपछि अन्ततः विद्यादेवी भण्डारी आफैंले उद्घाटन गर्ने निर्णय भएको बताइएको छ।
समारोहका लागि एमालेका अन्य नेताहरुलाई समेत निमन्त्रणापत्र वितरण गरिएको छ। केहीलाई प्रत्यक्ष भेटेर र अरुलाई केन्द्रीय कार्यालय सचिवमार्फत् निम्तो पठाइएको छ।
विद्यादेवी भण्डारीले ४५ वर्षदेखि लिआएको आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने अडान राख्दै मदन भण्डारी फाउन्डेसनमार्फत देशभर नेता–कार्यकर्तासँग सम्पर्क विस्तार गर्ने योजना बनाएकी छन्।
यो घर ऐतिहासिक रूपमा पनि भण्डारी परिवारसँग सम्बन्धित छ। सन् १९९१ (२०४८ साल) को आमनिर्वाचनमा मदन भण्डारीले यही घरलाई प्रचार कार्यालयका रूपमा प्रयोग गरेका थिए, जसैबाट उनले काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए। त्यस्तै, सन् १९९४ (२०५१ साल) को आमनिर्वाचनमा विद्यादेवी भण्डारीले पनि यही घरलाई चुनाव प्रचारका लागि प्रयोग गरेकी थिइन्।
निकट नेताहरूका अनुसार भण्डारी नियमित रूपमा सम्पर्क कार्यालयमा उपस्थित भएर कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाट गर्ने र आफ्ना राजनीतिक गतिविधि अघि बढाउने योजना बनाइरहेकी छन्।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका