वाईसीएलका पाँच पूर्व उपाध्यक्ष माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त

काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।

हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम र सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको पार्टी स्रोतले जानकारी दिएको छ। सो निर्णयको औपचारिक सर्कुलर सम्बन्धित निकायहरूमा पठाइएको छ।

त्यस्तै, माओवादीले विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीमध्ये यसअघि केन्द्रीय प्रतिनिधिमा नियुक्त भएका नेताहरूलाई यथावत राख्ने निर्णय पनि गरेको छ।

अन्य निवर्तमान विद्यार्थी नेताहरूको हकमा भने तात्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूलाई सोही रूपमा प्रदेश समितिमा कायम राखिने बताइएको छ।

यस्तै, प्रदेश समितिमा सिफारिस भएका अन्य सदस्यहरूलाई प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे