
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।
हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम र सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको पार्टी स्रोतले जानकारी दिएको छ। सो निर्णयको औपचारिक सर्कुलर सम्बन्धित निकायहरूमा पठाइएको छ।
त्यस्तै, माओवादीले विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीमध्ये यसअघि केन्द्रीय प्रतिनिधिमा नियुक्त भएका नेताहरूलाई यथावत राख्ने निर्णय पनि गरेको छ।
अन्य निवर्तमान विद्यार्थी नेताहरूको हकमा भने तात्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूलाई सोही रूपमा प्रदेश समितिमा कायम राखिने बताइएको छ।
यस्तै, प्रदेश समितिमा सिफारिस भएका अन्य सदस्यहरूलाई प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने निर्णय गरिएको छ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका