प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोंग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ।

भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको हो। भेटका क्रममा नेपाल–चीन सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा सम्पन्न चारवटा द्विपक्षीय समझदारी, तथा विगतमा भएका उच्चस्तरीय भ्रमणहरूमार्फत अघि बढाइएको विकास सहकार्यका सम्झौताहरूको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको दोहोर्याए। हालैको आकस्मिक बाढीका कारण क्षति पुगेको रसुवागढी नाकामा चीनले दिएको प्राथमिकतापूर्ण सहयोगप्रति धन्यवाद दिँदै, नेपाली पक्षले पनि संरचना पुनःनिर्माणमा तदारुकता देखाएको बताउनुभयो। प्रधानमन्त्रीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित राष्ट्र बनाउने लक्ष्यमा सहयोग पुर्याउने गरी किमाथाङ्का लगायतका नाकाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)’ अन्तर्गतका परियोजनाहरू अवरोधविना अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। यसअघि, सोमबार सिड्का प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विकास साझेदारीका विषयमा छलफल गरेको थियो। सो अवसरमा चीनको सहयोगमा सञ्चालित तथा आगामी योजनामार्फत सञ्चालन हुने चार परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठको आग्रह : पार्टी नेतृत्वमा युवालाई अघि सार्नुपर्छ

पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न