प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोंग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ।

भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको हो। भेटका क्रममा नेपाल–चीन सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा सम्पन्न चारवटा द्विपक्षीय समझदारी, तथा विगतमा भएका उच्चस्तरीय भ्रमणहरूमार्फत अघि बढाइएको विकास सहकार्यका सम्झौताहरूको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको दोहोर्याए। हालैको आकस्मिक बाढीका कारण क्षति पुगेको रसुवागढी नाकामा चीनले दिएको प्राथमिकतापूर्ण सहयोगप्रति धन्यवाद दिँदै, नेपाली पक्षले पनि संरचना पुनःनिर्माणमा तदारुकता देखाएको बताउनुभयो। प्रधानमन्त्रीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित राष्ट्र बनाउने लक्ष्यमा सहयोग पुर्याउने गरी किमाथाङ्का लगायतका नाकाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)’ अन्तर्गतका परियोजनाहरू अवरोधविना अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। यसअघि, सोमबार सिड्का प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विकास साझेदारीका विषयमा छलफल गरेको थियो। सो अवसरमा चीनको सहयोगमा सञ्चालित तथा आगामी योजनामार्फत सञ्चालन हुने चार परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका