राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र सचेतनाका साथ तयार पारिएको मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नीति राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘सजगतापूर्वक लचिलो नीति’ भएको उल्लेख गरे।

मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्र रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ। साथै, ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात् बैंकदर ६ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशत निर्धारण गरिएको छ। यसअघि बैंकदर ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत रहेको थियो।

नयाँ नीतिअनुसार निजी आवासीय घर निर्माण वा खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड रुपैयाँ पुर्‍याइएको छ। पहिलो घर निर्माण वा खरिदको हकमा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्य अवस्थामा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, व्यक्तिगत सेयर धितो कर्जाको सीमा पनि १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। विदेश भ्रमणमा जाने नेपाली नागरिकले बोक्न सक्ने विदेशी मुद्राको सीमा २,५०० अमेरिकी डलरबाट बढाएर ३,००० अमेरिकी डलर बनाइएको छ।

मौद्रिक नीतिमा आगामी वर्ष निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि हुने लक्ष्य राखिएको छ। राष्ट्र बैंकले कर्जामा सहजता ल्याउँदै आर्थिक गतिविधिमा सन्तुलन कायम राख्न नीति लचिलो बनाइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०