राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र सचेतनाका साथ तयार पारिएको मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नीति राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘सजगतापूर्वक लचिलो नीति’ भएको उल्लेख गरे।

मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्र रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ। साथै, ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात् बैंकदर ६ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशत निर्धारण गरिएको छ। यसअघि बैंकदर ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत रहेको थियो।

नयाँ नीतिअनुसार निजी आवासीय घर निर्माण वा खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड रुपैयाँ पुर्‍याइएको छ। पहिलो घर निर्माण वा खरिदको हकमा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्य अवस्थामा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, व्यक्तिगत सेयर धितो कर्जाको सीमा पनि १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। विदेश भ्रमणमा जाने नेपाली नागरिकले बोक्न सक्ने विदेशी मुद्राको सीमा २,५०० अमेरिकी डलरबाट बढाएर ३,००० अमेरिकी डलर बनाइएको छ।

मौद्रिक नीतिमा आगामी वर्ष निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि हुने लक्ष्य राखिएको छ। राष्ट्र बैंकले कर्जामा सहजता ल्याउँदै आर्थिक गतिविधिमा सन्तुलन कायम राख्न नीति लचिलो बनाइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र