कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

 

२१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको सवै अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गर्नुभएको हो ।

 

कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गर्नुभएको श्वेतपत्रको सारांशमा प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको उल्लेख छ । ‘तर महालेखा परीक्षकको प्रतिवेदनमा औल्याइएका कैफियतहरुमा, नेबिप्राको लामो समयदेखि सम्पत्तिको भौतिक परीक्षण नभएको तथा प्रचलित अभ्याश र फर्म्याटअनुसार सम्पत्तिको रेकर्ड नराखिएको, स्थिर सम्पत्तिको लेखा सफ्टवेयर भन्दा एसेट म्इानेजमेन्ट सफ्टवेयर (एएमएस) मा रु ३७.१६ करोड कम रकम लेखांकन भएको, स्थित सम्पत्तिको एएमएस/सिएआइएस को रिकंसिलेशन नभएको, गत आवमै नष्ट गरिसकेको रु ७. ५८ करोड सम्पत्ति यस आ.ब २०८१/८१ मा पनि रेकर्डबाट हटाउनु पर्नेमा नहटाइएको, २१७९ रोपनी जग्गा रेकर्डमा देखाइएता पनि संस्थाको नाममा लालपुर्जा नभएको, रु २४.१२ अर्व बरावरको सम्पत्तिको पुँजीकरण कुनै आधार बिना नै गरिएको र सो को भौतिक परीक्षण पनि गर्न नसकिएको,’ स्वेतपत्रमा भनिएको छ ।

यस्तै स्वेतपत्रमा अगाडि भनिएको छ, ‘संस्थाको आव २०८०/८१ को स्थिर सम्पत्तिमा रु ४४.३४ करोड गरेको तर सोको समायोजन संस्थाको स्थिर सम्पत्तिमा नगरेकोले संस्थाको यथार्थ सम्पत्ति कायम हुन नसकेको रु १.५१ अर्वको सियब्लुआइपी पत्ता लाग्न नसकेको, परियोजना सम्पन्न भै सकेपछि पनि रु ८.१६ अर्बको सम्पत्तिलाई स्थिर सम्पत्तिमा पुँजीकरण गर्नुपर्नेमा नगरीकन सिडब्लुआईपी मै देखाइएको छ । साथै हिनामिना भएको नगद रु ५७. १ लाखलाई अन्य ऋण तथा पेश्कीमा देखाइएको तर सो रकम नाफा नोक्सान हिसामा खर्च लेख्नुपर्नेमा नलेखेको, बिगत लामो समयदेखि रु २५.८१ करोडको नगदलाई मार्गस्थ नगद भनी देखाइएको, यस आबमा पनि रु ३.९९ करोड नगदलाई पनि कुनै प्रमाणबिना मार्गस्थ नगद भनी देखाइएको, बिगत लामो समयदेखि कुनै कारोवारबिना नै रु ३८.४० करोड ठेकेदारलाई पेश्की दिएको रकम वासलातमा देखिएको र सो रकम प्राप्त हुनेमा शंका भएको, रु २.८८ अर्व बरावरको प्राप्त गर्नुपर्ने आसामी पत्ता लाग्न नसकेको ।’

प्राधिकरणको यो स्वेतपत्रलेयसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको बदमासी छताछुल्ल भएको छ । घिसिङले मनमौजी प्राधिकरणमा लुट मच्चाएको र नभएको तथ्यांक देखाएर दुनियालाई बेकुफ बनाएको तथ्य यो स्वेतपत्रले उजागर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण