अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

 

बैशाख ३, काठमाण्डौं ।

काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी कर्मचारी अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ । सरकारको गत चैत १५ को निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रका सूचना प्रकाशित गर्दै पेन्सन सुविधा लिने बाहेकका सबै सकारी सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

सरकारी पेन्सन सुविधा खाने बाहेकका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सूचना प्रकाशित गर्दै बाध्यकारी व्यवस्था गरेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’को दफा २१ ले सरकारी कोषबाट पारिश्रमिक खाने कर्मचारीको सामाजिक सुरक्षा कोषमा आबद्धताका सम्बन्धमा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था अनुसार सरकारले सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

प्रकाशित सूचना अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २ को खण्ड (ज) र दफा ७ ले दिएको अधिकार प्रयोग गरेर योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम २ को खण्ड (घ) बमोजिम यो निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब प्रचलित कानून बमोजिम निवृत्तिभरण पाउने बाहेकका श्रमिक वा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सूचीकृत गरी उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश हुनुपर्नेछ ।

जसमा सरकारी कोष-प्रदेश सरकार वा स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष) बाट पारिश्रमिक पाउने कर्मचारी रहेका छन् । उनीहरूले खाइपाइ आएको तलबको कम्तीमा साठी प्रतिशतलाई आधारभूत तलब मानेर त्यसको २० प्रतिशत रोजगारदाता अर्थात् कार्यरत निकायबाट र ११ प्रतिशत सम्बन्धित कर्मचारी, श्रमिक वा योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव समेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

२०७६ साउन १ देखि औपचारिक क्षेत्रका श्रमिक, २०७९ चैत ८ देखि वैदेशिक रोजगारीमा गएका श्रमिक र २०८० साउन ३१ देखि अनौपचारिक र स्वरोजगारको क्षेत्रमा श्रमिकलाई आबद्ध हुन सुरु गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

वैशाख १ देखि योगदानकर्ताका छोराछोरीको पनि उपचार सुविधा पाउन सुरु

यसैविच यही वैशाख १ देखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिक तथा कर्मचारीको छोराछोरीले पनि उपचार सुविधा पाउन सुरु गरेका छन् । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिलाई पाँचौँ पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

कोषले यसअघि योगदानकर्ता र योगदानकर्ताको श्रीमान् तथा श्रीमतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत सुविधा पाउन थालेका हुन् । संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउन थालेका हुन् ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने व्यवस्था रहेको छ ।

करिब ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीबाट

विशेष गरी निजी क्षेत्रमा कार्यरत आन्तरिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारको लक्ष्य भए पनि कोषमा आबद्ध श्रमिकको संख्या हेर्दा करिब ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीमा जानु अघि अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था भएपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या बढी भएको हो । यद्यपि वैदेशिक रोजगारीमा आबद्ध भएका श्रमिकलाई कोषमा आबद्ध गराउन थालेको करिब २ वर्ष मात्रै पुगेको छ । जबकि औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन थालेको ६ वर्ष पुगिसकेको छ ।

कोषको तथ्यांक अनुसार अहिले जम्मा योगदानकर्ता २१ लाख ५ २ हजार  रहेकोमा वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्या करिब ७० प्रतिशत अर्थात् १५ लाख ७५ हजार २७९ रहेको छ । यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत ४५४ र स्वरोजगारको क्षेत्रमा कार्यरत ३२६ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले पहिलो पटक अनिवार्यरुपमा सामाजिक सुरक्षाकोषमा दर्ता गरेर मात्र विदेश जान पाउँछन् तर उनिहरुलाई नेपालका मेनपावरहरुले राम्ररी योगदानमा आधारित सामाजिक सुराक्षाको वारेमा अभिमुखीकरण नगरी पठाएको र गरेकाहरुको पनि औपचारिकता मात्र पुरा गरेका कारण लाखौं वैदेशिक रोजगारीमा गएका श्रमिकहरु सामाजिक सुरक्षाकोषबाट प्राप्त हुने सुविधाहरुबाट बञ्चित भएको अवस्था रहेको छ । नेपालमा खुलेका बख्रेल्ति मेनपावरहरुलाई सरकार र सरोकारवाला निकायहरु सवैले वेलैमा नियमन गरेर को कसले कुनदेशमा कति श्रमिकहरु पठाए , र उनिहरुमार्फत गएका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि गराउने र अव जाने श्रमिकहरुलाई सामाजिक सुरक्षाको वारेमा अभिमुखिकरण गरेर पठाउनुपर्ने यतिखेरको दायित्व देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै, सरोकारवाला मौन

People Nepal, काठमाडौं ः भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव