‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति प्रतिबद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्कसाथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

“वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम पनि स्वीकार्य हुँदैन, पत्रकारितामा प्रश्न नउठ्नेगरी काम गर्न मेरो आग्रह छ, अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था हुनुहुँदैन” उहाँले भन्नुभयो । नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह उहाँले गर्नुभयो ।

उहाँले वर्तमान समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता छ भन्दै हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्ने जिम्मा पत्रकारमा रहेको बताउनुभयो। उहाँले विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न पाउन् भन्दै पत्रकारिताले सकरात्मक सन्देश दिन सकोस्’ भन्नुभयो । कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा एआईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले पत्रकारितामा सूचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिनुभयो ।

त्यसैगरी राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभूत अवधारणा विषयमा प्रशिक्षण दिनुभयो । पत्रकार महासङ्घका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासँग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासङ्घले नगरपालिकाको सञ्चारनीति र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिनसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष