इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ ।

शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको यकिन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् ।

चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमति अनुसार चार दिनमा ५० बन्धकलाई रिहाई गरिएमा यसपछि अनुमानित अझै १९० जना बन्धक प्यालेस्टिनी लडाकू समूहको हातमा रहनेछन् ।

सम्झौतामा उल्लेख भए अनुसार एक बन्धक बराबर तीन जना प्यालेष्टिनी कैदी अर्थात् कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ ।

गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौंदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ ।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेष्टिनीको मृत्यु भएको र अनगन्ती विस्थापित भएको जनाएको छ ।

हताहतको यकिन सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूको लागि, हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो ।

कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन् । इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन् ।

इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ ।

एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करिब २४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ । बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए, जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए ।

इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको जनाएको छ । कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्ने बारे सार्वजनिक रूपमा थोरै मात्र जानकारी छ ।

“आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिको लागि मात्र तयार हुन सक्छौं,” बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भन्नुभयो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेका हरुको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को को छन् भन्ने बारे भने खुलाइएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा