महानगरको लक्ष्य : १५ हजारलाई तालिम र पाँच हजारलाई रोजगारी

 असोज २३, काठमाडौं। काठमाडौं हानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८० – ८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

महानगरको सामाजिक विकास विभागको वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीका अनुसार आर्थिक वर्ष २०८०- ८१ को नीति, कार्यक्रम तथा बजेटमा सो गौरव योजनालाई कार्यान्वयनमा ल्याइएको छ ।

सो योजना अनुसार महानगरका स्थायी, अस्थायी बसोबासी तथा करदातालाई स्थानीय र बजारको आवश्यकता, माग र सम्भाव्यता अनुरुपको सीप विकास तथा उद्यमशीलता विकास तालिम १५ हजार जनालाई निःशुल्क प्रदान गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

विभागले सबै वडा कार्यालयले आ–आफ्नो क्षेत्रमा रहेका बरोजगार, युवा, रोजगारी गुमाएर बसेका, विदेशबाट सीप सिकेर फर्केका तर कामको खोजीमा रहेका तथा सीपलाई स्तरोन्नती गर्न चाहनेलाई पत्रसाथ प्रमाणित फाराम उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल