यसरी कुञ्जल क्रियाले पेट सफा गर्छ

 भदौ २२, काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने एक बेजोड तरिका पनि हो । जुन जो कोहीले पनि आफ्नो शारीरिक क्षमता र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर गर्न सक्छन् ।
योगाभ्यासमध्ये ‘कुञ्जल क्रिया’ मात्र गर्न सकियो भने सम्पूर्ण शरीरलाई फाइदा गर्छ । अन्य योग अभ्यासभन्दा यो अभ्यास अलि फरक र अनौठो छ । किनभने यसमा आफैं बान्ता गर्नुपर्ने हुन्छ ।
कुञ्जल क्रिया के हो ?कुञ्जल क्रिया शरीरबाट विषाक्त पदार्थ निकाल्ने जबर्जस्त टेक्निक हो । शरीरलाई मात्र होइन, नियमित रुपमा यो क्रिया गर्दा मन पनि नियन्त्रित रहन्छ ।यसबाहेक जर्नल अफ आयुर्वेद एण्ड एन्टिग्रेटिभ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार बान्ता गरेपछि व्यक्तिलाइ खालीपन महसुस हुन्छ । खाली पेटमा नुन पानी पिउनाले सहजै बान्ता आउँछ । र, बान्ताबाट शरीरका विषाक्त पदार्थ बाहिरिन्छ ।
कसरी गरिन्छ ?१. कुञ्जल क्रिया बिहान खाली पेटमा गर्नुपर्छ । सबैभन्दा पहिला हरेक एक लिटर पानीमा एक चम्चा नुन हालेर ठीक पार्नुपर्छ ।२. कगासन मुद्रामा बसेर पानी चारदेखि पाँच गिलास मनतातो नुन पानी पिउनुपर्छ ।३. पानी पिउनासाथ उठेर दुवै खुट्टालाई ९० डिग्रीको कोण बनाएर अगाडि थोरै अगाडि झुकेर उभिनुपर्छ । यसरी पानी पिउने बित्तिकै निहुरिंदा बान्ता आउन मद्दत पुग्छ ।४. जब पेट खाली भइसकेको अनुभव हुन्छ । तब शवासन मुद्रामा ३० मिनेट बस्नपर्छु ।५. यो क्रिया गर्दा विशेषज्ञको निगरानीमा गर्नु उचित हुन्छ । यो विधि महिनामा एक वा दुईपटक गरिन्छ ।
पाचन प्रणालीमा सुधारबान्ता गर्दा मांसपेशी संकुचित हुन्छ । बान्ताले मांसपेशीहरू टाइट हुन्छ । पेटको मांसपेशी सुक्दै गएर बोसो घटाउँदै पेटमा रगतको प्रवाह बढाउँछ । यसले शरीरमा रहेको अनावश्यक विषाक्त पदार्थ हटाउने, मांसपेशीहरु बलियो बनाउनुका साथै पाचन प्रणालीमा सुधार हुन्छ ।
रुघाखोकीबाट छुट्काराकुञ्जल क्रियाले फोक्सोको मांसपेशीको सहनशक्ति बढाउँछ । यस अभ्यासको कारण फोक्सो सफा हुन्छ । जसले राम्रोसँग सास लिन मद्दत मिल्छ । साथै,  रुघाखोकीबाट पनि छुट्कारा दिन्छ ।
तनाव र चिन्ता कम लिनेयो क्रिया गर्दा शरीरमा रक्तसञ्चार बढ्छ । रक्तसञ्चार राम्रो हुने बित्तिकै अक्सिजन शरीरको हरेक भागमा पुग्छ । जसले  उच्च रक्तचाप सन्तुलित भएर तनाव कम हुँदै जान्छ ।
सावधानीयो विधि गर्भवती महिला, पेटको शल्यक्रिया गरेका व्यक्ति, १५ वर्षभन्दा कम उमेर र मुटुको समस्या भएकाहरुले गर्न मिल्दैन ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या