योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश भएको छ, अझै व्यापक पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले  बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैसरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् ।उनले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।

प्रधानमन्त्री दाहालले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका पुराना सहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने उनले बताए ।

प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । नेपाल योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्त कार्यक्रमका अतिथि तथा पातञ्जल योग समिति नेपालका अध्यक्ष बालमुकुन्द सुवालले सम्पूर्ण योग संस्थाहरुको तर्फबाट सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले नेपालमा योगको सुरुवात गर्ने योगी तथा ऋषीमुनिहरुको चर्चा गर्दै शिबसभ्यता, बुद्धसभ्यता, जनकसभ्यताको र पातञ्जल ऋषि लगायत अन्य योगीहरुको योगदानको चर्चा गर्दै हालसम्म आउदा विश्वले समेत योग बिज्ञानको सवालमा नेपालबाट पाठ सिकेको र यो महान बिधा संसारभर फैलिरहेको सन्दर्भमा हामी योगिहरुका सन्ततीको काँधमा यो शिक्षाको अझै व्यापक पार्न र विश्वमा शान्ति र अमनचयन कायम गर्न अहं रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले नेपालमा योग शिक्षालाई महत्वका सार लिएर स्कुल देखि विश्वविधालयस्तरसम्म यसको पहुँचमा ध्यान दिएको र यसको प्रर्वधनका लागि अझै आवश्यक सहयोग गर्ने वताउनु भयो र कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैलाई धन्देवाद व्यक्त गर्नु भयो । कार्यक्रममा स्कुलको तर्फबाट बागमती वोडिङ्गका योग शिक्षाका विधाथीहरु, पातञ्जल योग प्रतिष्ठानका योग प्रशिक्षकहरु र त्रिभुवन विश्वविधालयका योग प्रशिक्षाथीहरुबाट आकर्षक योग आसनहरुको प्रस्तुती भएको थियो र ब्रम्हकुमारी योगका तर्फबाट बहिनीज्यूबाट सवैलाई ध्यानका अभ्यास गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य