बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त, बैरागीलाई सुरक्षा सल्लाहकारमा थन्काईयो

काठमाडौं । डा. बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिव नियुक्त गरेको हो । हालसम्म कायम शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको हो ।
अर्याल यही ३ असारमा ५ वर्षे सेवाअवधिका कारण सचिवबाट निवृत्त हुँदैथिए । उनी ३ असार ०७५ मा सचिव भएका थिए । कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउने छैनन् । मुख्यसचिवको पदावधि ३ वर्ष हुने व्यवस्था छ ।
बैरागीको कार्यकाल आगामी असोजसम्म भए पनि सुरक्षा सल्लाहकारको नियुक्ति दिएर सरकारले अर्याललाई मुख्यसचिव बनाएको हो । यता पूर्वरक्षासचिव आत्माराम पाण्डेले भने यसको विरोध गरेका छन् ।
बजेट निर्माणमा भएको गढबडीलाई लिएर असन्तुष्टि जनाएको र प्रधानमन्त्री प्रचण्डको गलत क्रियाकलापमा सकारात्मक सुझाब दिएका कारण पुरस्कारस्वरुप बहालवाल मुख्य सचिब वैरागीलाई हटाएको र शेर बहादुरकी पत्नी आरजुको इच्छा अनुसारको साइजमा भरी झोला बुझएको अनि प्रचण्डलाई पनि बुझाउने सर्तमा विदा हुनै लागेका डा. अर्याल मुख्य सचिब बन्न सफल भएको भन्ने प्रधानमन्त्री कार्यालयमा नै कार्यरत एक उपसचिबले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको