भाइरसको रुपमा रहेको प्रदेश संरचना खारेज गर्नुपर्छ– थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे । थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको बिरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो । माओवादी शान्ती प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौ बाढ्ने बिषय आपत्तिजनक भएको स्पष्ट पारे । ब्यक्ती परिबर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनितीक मार्गचित्र परिबर्तन हुनुपर्नेमा थापाको जोड थियो । थापाले भने ः–  “बाटो गलत भए पछि गाडिको ड्राईभर खसासी परिबर्तन गरेर मात्र गन्तव्यमा पुग्न सक्किन्न, गन्तव्यमा पुग्ने हो भने मार्ग परिवर्तन गर्नुपर्छ “।
नेपालमा धर्म परिवर्तनको डढेलोले आफुलाई पहिचानवादी भन्नेहरुको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए । संगठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाती एवं दलीत वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएको ले यो समुहको पहिचान नै संकटमा पर्नसक्ने संभावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुनुपर्नेमा थापाले जोड दिएका थिए ।
नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरुको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरुको उल्लेख्य योगदान रहेपनि औद्योगिकरण र आर्थिक रुपान्तरण नभएका कारण श्रमिकहरु लाभान्वित हुन नसकेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिएपनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गरे । ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई शुभकामना दिंदै अध्यक्ष थापाले सम्पूर्ण श्रमिकहरुलाई संगठित गर्दै मजदुरको प्रतिनिधीमूलक संगठन बन्नेतर्फ अग्रसर भएकोमा टुकोनलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि