कर्णालीमा परिवर्तन सम्भव छः उपाध्यक्ष बडाल

९ वैशाख, सुर्खेत
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) ले सञ्चालन गरेको तीनमहिने मर्यादित कामको लागि जिफण्ट अभियान २०७९ अन्तरगत कर्णाली प्रदेश कमिटीको समिक्षा बैठक शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भयो ।
बैठकमा प्रदेश अभियान संयोजक तथा राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामीले अभियानको विषयमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा जिफण्ट प्रदेश कमिटी, पालिका कमिटी, घटकका केन्द्रीय पदाधिकारी, घटकका प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अगुवाहरुको सहभागीता रहेको थियो । सहभागीहरुले संगठनलाई गति प्रदान गर्न ट्रेड युनियन शिक्षालाई श्रमिकहरुबीच लैजान र प्रशिक्षित गर्न माग गरेका थिए ।
प्रदेश अध्यक्ष तेजप्रकाश जि.सी.ले अभियानका क्रममा सहयोग गर्ने सबै कमिटीलाई धन्यवाद दिंदै आगामी दिनहरुमा संगठन परिचालन, सामाजिक न्याय र श्रमिकहरुबीच जिफण्टका योजनाहरु पुर्याउन र प्रतिफल हासिल गर्न थप उर्जा सहित परिचालित हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्षले परिपूर्ण  लोकतन्त्रको अभ्यासलाई कडाइका साथ पालना गर्न गराउन प्रदेश र स्थानीय तहमा निरन्तर सामाजिक सम्वद गर्ने योजना रहेको बताउनु भयो ।
आफ्नै हितको लागि संगठनमा आफ्नै लगानी महत्वपूर्ण हुने बताउँदै बैठकका प्रमुख अतिथि राष्टिय कमिटी उपाध्यक्ष रमेश बडालले समग्रमा अभियान सन्तोषजनक रहेको र आगामी दिनमा खटिएर लाग्नुहोस्, परिवर्तन सम्भव रहेको बताउनु भयो । बडालले संगठनमा हैसियत राख्नुपर्छ, सामाजिक सुरक्षा लागु गराउनमा आँट भरोसा, तरिका र निरन्तर लविङ जरुरी भएको धारणा राख्दै राजनैतिक विरोधका विरुद्ध एकजुट भएर लाग्न निर्देशन दिनु भयो ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय कमिटी सचिव तारानिधि पन्तले संगठन सुदृढिकरण गठन, पुर्न गठन र सदस्य बिस्तारलाई व्यवस्थित गर्दै लैजान घटक र पालिका कमिटीलाई ठोस निर्देश गर्नुभयो ।
जिफण्ट आवद्ध दश वटा घटकका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको सो समिक्षा बैठकलाई प्रदेश उपाध्यक्ष राधा श्रेष्ठले स्वागत गर्नु भएको थियो भने बैठकको संचालन सचिव श्रीपाल सारु मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका