१९ चैत, सुर्खेत, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) पञ्चपुरी नगरकमिटीको आइतबार सम्पन्न दोस्रो भेलाबाट पवित्रा बुढाको अध्यक्षतामा नौ सदस्यीय नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा ईश्वरी अधिकारी, सचिव तुल्सी पौडेल, सहसचिव गंगा शाही र सदस्यहरुमा धनसरी खत्री, अन्जु घर्ती, राधा सुवेदी, सुशिला नेपाली र कृष्णा विष्ट सर्वसम्मत चयन भएका छन् । भेलाकी प्रमुख अतिथि नेभा केन्द्रीय सदस्य भिमु रिजालले भेलाको पूर्ण सफलताको शुभकामना दिंदै स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई समाधान गर्न सबै ठाउँबाट एकजुट भई संगठनमा आवद्ध हुन र अधिकारका लागि लड्न प्रोत्साहित गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले न्यून वर्गका महिला दिदीबहिनीहरुले सिमान्तकृत र जोखिममा रहेका समुदायका बस्ती बस्तीमा अहोरात्र आधारभूत स्वास्थ्य सेवा दिंदै आइरहेको बर्षौ बित्यो, तर श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न स्थानीय सरकारले कार्याविधि निर्माण गरी उचित सेवा सुविधाको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । भेलाका अतिथि नगर स्वास्थ्य शाखा प्रमुख मनोहर उपाध्ययले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मागलाई मध्यनजर गर्दै कार्यपालिका तहमा कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा स्वास्थ्य चौकी प्रमुख तारा तिवारीले स्वयम्सेविकाहरुलाई पर्ने आपतविपत र जोखिमलाई सुनुवाई गर्न आफ्नो तर्फबाट दश हजार प्रदान गरी राहत कोष खडा गर्ने घोषणा गर्दै यसमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
नवनिर्वाचित नगर कमिटी सचिव तुल्सी पौडेलले यस नगरमा कार्यरत पन्चानब्बे जना स्वयम्सेविकाहरुको साझा समस्यालाई समाधान गर्न स्थानीय सरकारसँग सामाजिक सम्वाद थालनी गर्ने र अधिकार लिएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा पञ्चपुरी नगरपालिका वडा नं. ८ मा कार्यरत स्वास्थ्य स्वयम्सेवि स्व.लक्ष्मी राम्जाली मगरको सम्झनामा शोक सभा समेत आयोजना गरिएको थियो । सो शोक सभामा उहाँको श्रीमान् हेमन्त राम्जाली मगरलाई जिफन्ट प्रदेश कमिटीको तर्फबाट प्रदेश अध्यक्ष जिसीले १२ हजार नगद रकम राहत स्वरुप प्रदान गर्नुभयो ।
भेलामा नेभा प्रदेश अध्यक्ष दुर्गा धमला र क्यूपेक–नेपाल के.स. भिम प्रसाद न्यौपानेले भेलाको सफलताको शुभकामना दिनुभयो । पवित्रा बुढाको अध्यक्षतामा भएको सो भेलामा पञ्चपुरी नगरपालिकामा कार्यरत एकहत्तर जना स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम ईश्वरी पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास