महाशिवरात्रिका लागि सबै तयारी पूरा,शनिवार बिहान ३ बजेदेखि पशुपतिको चार वटै ढोका खुल्ने

५ फागुन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको बताएको छ ।

आज शुक्रवार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको बताए । उनले महाशिवरात्रिमा भक्तजनलाई पूजा आराधनाका लागि शनिवार बिहान ३ बजेदेखि चार वटै ढोका खुला गर्ने बताए । उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नुनपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको पनि जानकारी दिए ।

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर रहनेछ । मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ । मेला क्षेत्र र दर्शन मार्गलाई लक्षित गरी सीसीटीभी क्यामेरा जडान गर्ने, दर्शन मार्गमा ब्यारिकेड जडान लगायतको काममा र मन्दिरभित्र भिड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका चार हजार स्वयंसेवक रहनेछन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी झन्डै ५० वटा स्वास्थ्य शिविर रहेनछन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन मार्ग, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक बाग्मतीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । त्यस्तै कोषले प्लास्टिक, काँच, सिसाजस्ता फुट्ने प्रकृतिको कप, प्लेट र सामग्रीहरूको प्रयोगमा रोक लगाएको छ ।

दर्शन मार्गको रूपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट—१ लाइन, मित्रपार्क—जयबागेश्वरी—इँटापाखा भएर भुवनेश्वरीको फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एअरपोर्ट—तिलगङ्गा भएर पिङ्गलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय—पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरीरूपमा तीन ठाउँबाट दर्शन लाइन रहनेछन् । तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीको फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ । त्यस्तै एअरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरूको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक गाडी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ ।

कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो