२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्।
शुक्रबारको गोरखापत्र दैनिकमा मित्र भण्डारी समाचार लेख्छन्,कुवेतमा पुर् याई श्रम शोषण गरेको र यौनशोषणमा परेको सूचनापछि कुवेतस्थित नेपाली दूतावासले उननलाई उद्धार गरी नेपाल पठाएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ। गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।
मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ।
उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्याएपछी एक हजार ३०० कुवेती दिनारमा बिक्री गरिएको थियो ।
बेचबिखनमा परेपछि आफूहरूलाई चर्को श्रममा लगाएको र निरन्तर यौनशोषण गरेको पीडित युवतीले बताइन्। पाँच जनाले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा नसके कुटपिट हुने गरेको उनले बताइन्।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका