पर्यटनमन्त्री जीवराम श्रेष्ठको श्रमिकमाथी ज्याद्धती,कानुन कार्यान्वयन गरेबापत सुरक्षागार्ड पक्राउ

१९ भदौ,काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरिखाने एक श्रमिकमाथी ज्याद्धती गरेका छन। ठमेलस्थित छायाँ सेन्टरमा कार्यरत एक सुरक्षागार्डले लाईनमा बस्न अनुरोध गरेबापत मन्त्री श्रेष्ठको ठाडो निर्देशनमा सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरिको हिरासतमा राखएको छ।

निजि कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई अभद्र ब्यवहार गरेको आरोपमा प्रहरिले भिसा सेन्टरमा कार्यरत गरुढ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग कुँवरलाई पक्राउ गरेको हो।

मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही लाईनमा थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत गरुढ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड कुँवरले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेका थिए।

तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको बताउँदै सवै बरावर रहेकोले जान दिन नसकिने बतएका थिए । कुँवरले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ एकाएक म मन्त्री के को कानून ? भन्दै झोक्किएका थिए ।

त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच केहिबेर भनाभन नै चलेको थियो । पछि ठेलठाल गर्दै मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किए ।उनले आफू सत्तामा रहेकोले जुनसुकै उदण्डता गर्न सक्ने ब्यवहार देखाएर फर्किएका थिए।मन्त्रालय फर्किएर गृहमन्त्री बालकृष्ण खाणलाई पत्र नै लेखेर त्यसपछि पक्राउगर्न लगाएका हुन ।

मन्त्री श्रेष्ठ फर्किएपछि पर्यटन मन्त्रालयले छाँया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथि सुरक्षा गार्डबाट दुब्र्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर हुँदै दरबार मार्ग वृत्तमा पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड कुँवरलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक