यी हुन ओली नै भावी प्रधानमन्त्री हुनुपर्ने ६ कारणहरु

काठमाडौं, भदौ १४ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुको मुख्य आधार उनले विगतमा गरेका काम नै रहेको बताइएको छ ।

एमाले प्रचार विभागकाे अनुसार ओलीले गरेका कामका आधारमा उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीका रूपमा अघि बढाइएको बुझिएको छ। जस अनुसार :‘अध्यक्ष कमरेड केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुपर्नेमा उहाँको अडान, सपना र व्यक्तित्वका कारण नै हो,’  ‘आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा अध्यक्ष कमरेड ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपुरा भएकाले बाँकी रहेको विकास र समृद्धिको अधुरो सपना पूरा गर्न एमालेले यस्तो निर्णयमा पुगेको हो ।’

राष्ट्रिय स्वभिमानको प्रवद्र्धकका रूपमा ओली नेतृत्व आवश्यकता रहेको र वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुका रूपमा रहेर काम गरेकोले, त्यो उचाईको नेताको आवश्यक देखिएकाले एमालेले ओलीलाई नै प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेको दाबी उनको छ ।

‘अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तित्व अहिलेसम्म नेपालले प्राप्त गरेको छैन । समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन, ‘यो  पनि  ओली प्रधानमन्त्री हुनुपर्ने बलियो कारण हो भनिएको छ।’

ओली इतिहासको व्याख्याता मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलनको निर्माता समेत भएको र कम्युनिस्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धि यात्रामा लाने सूत्रधार रहेको दाबी उनको छ ।

संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेतामध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र ओलीलाई प्रधानमन्त्री बनाउने एमालेले  दाबी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले ‘चुनावमा गरिने तालमेल पारस्परिक लाभको विषय भएको’ भन्दै ‘जोसँग तालमेल हुँदा आफूलाई लाभ पुग्छ, त्यसैसँग तालमेल गरिने’ बताए । ‘चुनावमा तालमेल के गर्ने स्थानीय परिस्थितिमा भरपर्ने’को धारणा छ ।

‘तालमेल कुनै नीतिगत सम्झौताको विषय होइन, नीतिगत सम्झौता कसैसँग पनि गर्दैनौं, आफ्नो नीतिका आधारमा चुनाव लड्छौं,’ उनले भने, ‘जो पक्षसँग पक्षसँग चुनावी तालमेल हुँदा पारस्परिक लाभ हुन्छ । त्यो पक्षसँग तालमेल गर्न सकिन्छ । यो हाम्रो नीतिगत मान्यता हो ।’

एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबीच सोमबार नै भएको भेटघाटबारे उल्लेख गर्दै उनले कुनै पनि‘आलोचकहरु एकपटक  अध्यक्ष ओलीसँग भेटेर कुरा गरेमा उनीहरुले ओलीलाई बुझ्ने उहाँप्रति  प्रभावित हुने कुरामा दुई मत नरहेको भनी  दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे