देउवाविरुद्ध रणनीति बनाउन शेखर समूहको बैठक बस्दै

काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज बस्ने भएको छ । कोइराला समूहले सभापति देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको एक नेताले जानकारी दिनुभयो ।

सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताउनुभयो । देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश