इन्टर्नेटप्रदायक ब्यबसायको गैरजिम्मेवारीपनका कारण दृश्य प्रदुषण, संबन्धित निकाय मौन, जनजीवन प्रभावित


पिपुल नेपाल संवाददाता,२४साउन,भक्तपुर।
सूचना प्रबिधिको विकाससंगै पछिल्लो समयमा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। प्रयोगकर्ताहरुको वृद्धि संगै नेपालमा ईन्टरनेट प्रदायक कम्पनी हरु च्याउझैं उम्रन थालेका छन भने कसले बढी ग्राहक बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ। तर प्रयोग गरेको तार लगाएतको सामाग्रीहरुको उचित ब्यवस्थापन हुन नसक्दा सहरको दृश्य प्रदुषण संगै जनजीवन प्रभावित हुन थालेको छ।

केही महिना अगाडी भक्तपुरको मध्यपुर हस्पिटल नजिक बिधुत सर्ट भएर पोलमा आगलागी भयो। बिधुत सर्ट हुनुको मुख्य कारण एउटै पोलमा टांगिएका धेरै तारहरु थिए।आगो नियन्त्रण हुन नसक्दा दमकल गुहार्नु परेको थियो र दमकल लाई आगो नियन्त्रण गर्न आदि घण्टा भन्दा बढी समय लागेको थियो । उक्त पोलमा आगलागीको कारणले करिब १ कि.मि वरपरिको केवल र ईन्टरनेट का तारहरु काम नलाग्ने भएका थिए। सेवा प्रदायकहरुलाई सो क्षेत्रमा तार फेर्नकै निमित्त हप्तौं समय लागेको थियो।महिनौं अगाडी फेरिएका तारहरु ठिमिको चार दोबाटो देखि ठिमी चोक सम्मको फुटपाथ सडकमा अझै सम्म उठेका छैनन्।

संसारका प्रय:विकसित राष्ट्रहरुमा तारलाई पोलमा राखिन्न। तारलाई भुमिगत रुपमा जमिन मुनि राखेर शहरको सौन्दर्य लाई बचाईन्छ। मन्दिरै मन्दिरको शहरको रुपमा चर्चा कमाएको राजधानी काठमाडौं र उपत्यका अब जताततै अव्यवस्थित तारै तारको शहरको रुपमा चर्चित हुन थालेको छ। यसले फुटपाथमा हिंड्ने यात्रुहरूको आवातजावत सबैभन्दा जोखिमपूर्ण हुन थालेको छ भने बस्तिहरुमा बिद्यालय आवातजावत गर्ने बालबालिका नियमित जोखिमपूर्ण यात्रा गर्न वाध्य छन।

नेपालमा इजाजत लिएका ५० वटा भन्दा बढी ईन्टरनेट कम्पनीहरु सक्रिय रहेको नेपाल दुर संचार प्राधिकरणको पछिल्लो तथ्यांकले प्रमाणित गर्दछ। यीमध्ये ग्राहक संख्याका आधारमा केही कम्पनीहरु मात्रै अगाडि छ्न। अहिलेको ग्राहक संख्याका आधारमा सबैभन्दा बढी वर्ल्डलिंक कम्युनिकेशन (६लाख ३० हजार २९६), नेपाल टेलिकम (२ लाख ९८ हजार ३७४), सुविसु केवलनेट (२देखि ३ लाख ), क्लासिक टेक (२ लाख २१ हजार १७), भायाेनेट कम्युनिकेशन (२लाख २० हजार २७० ),ब्रोडलिंक नेटवर्क कम्युनिकेशन (६० हजार ७५४) छन्। त्यस्तै केही साना कम्पनीको ग्राहक संख्या १० हजारदेखि ४२ हजारसम्म छन्। बाँकी अधिकांशको ग्राहक संख्या न्यून छ।

यसमध्ये काठमाडौं उपत्यकामा संचालित अधिकाङ्स ईन्टरनेट सेवा प्रदायकहरु अप्टिकल फाईबर अर्थात तार मार्फत संचालित छन।                           उल्लेखित सबै कम्पनिहरुको भक्तपुरमा शाखा कार्यालय रहेका छन भने ठुला कम्पनीकोहरुको दुईवटा साखा रहेका छन।यसमा डिसहोम बाहेक प्रायः केवल टिभी कम्पनिहरु पनि केवल वा तारकै माध्यमबाट संचालित छन।ग्राहक कसले बढी बनाउने मामिलामा तिब्र प्रतिस्पर्धा रहेपनी प्रयोगमा नआएको तथा काम नलाग्ने तारहरुलाई ब्यवस्थापन गर्ने मामिलामा सेवा प्रदायकहरु एकले अर्कालाई दोस लगाउंदै पन्छिने गरेका छन।

रङ्गिचङ्गी सडकको छेउकै पोलमा झुन्डिएको अव्यवस्थित तारको ओजन थाम्न नसकेर कतिखेर दुर्घटना हुन्छ भन्ने अवस्था लाई स्थानीय निकायहरू टुलुटुलु हेरेर बसेका छन। दृश्य प्रदुषण हटाउने पुर्ण अधिकार स्थानीय निकायहरू संग भएपनि अव्यवस्थित तारहरु हटाउने मामिलामा स्थानीय निकायहरू मौन देखिन्छन्।सरकारले सूचना तथा संचार मन्त्रालय,नेपाल दुरसचार प्राधिकरण,ईन्टरनेट र केवल प्रदायक कम्पनिहरु देखि संबंधित निकायहरु लाई तार ब्यवस्थापन गर्न आग्रह गरेको थियो तर ती कुनै पनि निकायले तार ब्यवस्थापन गर्न कुनै चासो दिएका छैनन्। यसले पर्यटन मार्फत समृद्धिको नारालाई खिल्ली उडाई रहेको छ।२०७४ साल असार २० गते संसदको विकास समितिको बैठकले उपत्यकाको विभिन्न स्थानमा रहेको विद्युतिय तारलाई अन्डरग्राउण्ड गराउनको लागि निर्देश समेत दिएको थियो तर अहिलेसम्म खासै प्रगति भएको पाईंदैन।

तार ब्यवस्थापनको लागि बिदेशी सफल प्रबिधिहरुलाई भित्र्याउन जरुरी छ-सुधिर पराजुली,अध्यक्ष(ISPAN)
प्रयोगमा आएको र काम नलाग्ने तारहरुलाई उपयुक्त ब्यवस्थापन गर्नको निमित्त सेवा प्रदायकहरुले छलफल गरिरहेको ISPAN का अध्यक्ष सुधिर पराजुलीले पिपुल नेपाल संगको एक संवादमा जानकारी दिनुभएको छ। तार नष्ट गर्ने विधि र प्रबिधि बिदेशका ठुला शहरहरुमा कसरी प्रयोगमा आईरहेका छन वा बिदेशी शहरहरुले कसरी ब्यवस्थापन गरिरहेका छन ती प्रबिधिहरु भित्राउन जरुरी रहेको पराजुलीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक, पूर्वसचिव विष्ट सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष नियुक्त

काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज